Home समाचार मुख्य समाचार दक्षिणकाली हत्याकाण्डः जागिर लगाउने प्रलोभनमा बलात्कार प्रयास, प्रतिकार गर्न खोज्दा हत्या, एक युवक पक्राउ

दक्षिणकाली हत्याकाण्डः जागिर लगाउने प्रलोभनमा बलात्कार प्रयास, प्रतिकार गर्न खोज्दा हत्या, एक युवक पक्राउ

0
दक्षिणकाली हत्याकाण्डः जागिर लगाउने प्रलोभनमा बलात्कार प्रयास, प्रतिकार गर्न खोज्दा हत्या, एक युवक पक्राउ

असार १०, काठमाडौँ । विभिन्न पशुपंक्षीको आवाज निकाल्ने युट्युबमा चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्यामा संलग्न एक युवालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

सुरेष तिमिल्सिनाले बलात्कारको प्रयास गर्दा प्रतिकार गरेपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन् । उनी गाडीको सहचालक रहेको प्रहरी समक्ष खुल्न आएको छ ।

हत्या अभियोगमा पक्राउ परेका तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
घटनाको सार्वजनिक गर्ने क्रममा प्रहरीका एक अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । उक्त अधिकारीले भने, ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार हाम्रो अनुसन्धानले पत्ता लगाएको छ ।’

प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछिअभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा कामको व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए । तिमल्सिनाले त्यहीँ जबरजस्ती करणी गर्न खोजेपछि सुब्बाले प्रतिकार गर्न खोजेपछि तिमल्सेनाले घाँटी अँठ्याएर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि शव नचिनियोस् भनी तिमल्सिनाले धेरै पटक अनुहारमा प्रहार गरी विभत्स बनाएको महानगरीय अपराध महाशाखाले जनाएको छ । दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा बुधबार विभत्स अवस्थामा सुब्बाको शव फेला परेको थियो ।

घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्नुका साथै तालिम प्राप्त विशेषज्ञ कुकुरबाट पनि घटनास्थलको अवलोकन गराई प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

याे पनि पढ्नुहाेस्ः

दक्षिणकालीमा सन्तोषीको लास भेटियो, हत्या भएको आशङ्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here