Home जीवनशैली यसरी कायम राख्नुहोस छालाको सौन्दर्य

यसरी कायम राख्नुहोस छालाको सौन्दर्य

0
यसरी कायम राख्नुहोस छालाको सौन्दर्य

सुन्दर देखिनु सबै मानिसकै चाहना हो । सौन्दर्य कायम राख्नको लागि विशेषत छालाको हेरचाह गर्नु पर्दछ । मानिसको ज्ञानेन्द्रिय मध्य छाला पनि महत्वपुर्ण इन्द्रिय हो । छालाले स्पर्स थाहा पाउने र सौन्दर्य पनि देखाउने भएकोले यसको महत्व विशेष छ । व्यक्ति पिच्छे छालाको प्रकृति र गुण फरक फरक हुन्छ । छालाको प्रकृति र मौसम अनुसार छालामा विभिन्न समस्या देखा पर्दछ । तसर्थ हरेक समयमा छालाको राम्रो हेरचाह गर्नु पर्दछ ।

सुख्खा छालाको हेरचाह

विशेष गरी गर्मी महिनामा मानिसको शरिरमा पानीको कमी हुने हुँदा शरिर र अनुहारमा विभिन्न समस्या देखिन सक्छ । यसको लागि भिटामिन डि भएको क्रिम र फेसवास प्रयोग गर्नु पर्दछ । गर्मीमा छालालाई चिल्लो बनाइ राख्नु पर्दछ । गर्मीमा प्रसस्त पानी पिउनु अति आवश्यक छ । घरेलु विधिबाट पनि यसको उपचार गर्न सकिन्छ । अण्डाको सेतो भाग, चन्दन, दही, बेसनको पिठो र बेसारको मिश्रण आवश्यक अनुसार पेस्ट बनाउने र लगाउने । यसबाट छालामा चमक देखा पर्दछ ।

चिल्लो छालाको हेरचाह

गर्मीमा चिल्लो छाला भएकाहरूले विशेष हेरचाह गर्नुपर्ने हुन्छ। चिल्लो छाला भएकाहरूलाई गर्मीमा पिम्पलको समस्या देखिन सक्छ। चिल्लोपन हटाउन छालाकोलागी मोइश्चराइजर नै प्रमूख औषधि हो। यसकोलागी घरेलु उपचार निम्न छन् ।

कागती, टमाटर, घ्यु कुमारी, दही मिलाएर पेस्ट बनाउने र अनुहारमा लगाउन सकिन्छ। यसैगरी कागती र दहीको मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउन सकिन्छ। जसले अनुहारको प्राकृतिक चिल्लोपन कम गर्छ।

साधारण छालाको हेरचाह

नर्मल छाला हुनेहरूले विशेष गरेर अनुहारको चमकमा विशेष ध्यान दिनुपर्छ। समय समय मोइश्चराइजर प्रयोग गर्नु पर्दछ। साबुन पानीले मुख धुन राम्रो मानिँदैन । यसले छालालाई फुस्रो बनाउँछ तर दैनिक दुईपटक सफा पानीले मुख धुनुपर्दछ। तातोपानीको बाफ लिनु राम्रो मानिन्छ, यसले अनुहारको पोर्स खुलाई त्यसमा रहेका फोहोरहरु निकाल्न मदत गर्दछ र सधै स्वच्छ हावा भित्र पुर्याउने काम गर्दछ ।

गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउनु, मौसम अनुसारको फलफूल खानु दैनिक सनब्लक क्रिम प्रयोग गर्ने र साथै हप्तामा एक अथवा दुई पटक फेस प्याक लगाउँदा राम्रो हुन्छ। कहीं कतै बाहिर निस्कनु अघि मात्र अनुहारमा क्रिम लगाउने र श्रृङ्गार गर्ने हाम्रो बनी भएकोले धूलो धुँवाबाट बच्न लोसन, मोइश्चराइजर लगाउने गर्छौ। घरमा र अफिसमा बस्दा हामीले अनुहार र छालाको स्याहार गर्दैनौ तर घर र अफिसमा हुँदा पनि हामीले छालाको विशेष स्याहार गर्नुपर्छ।

त्यसैगरी भान्सामा खाना पकाइरहँदा भान्साको तापक्रम बढी हुन्छ। हाम्रो छाला कोमल हुने भएकोले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ। हामीले दैनिक रूपमा गरिने क्रियाकलाप गर्दा ध्यान जान नसकेको कुरा घर अथवा अफिसको काममा हामी लामो समय सम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा ब्यस्त हुन्छौँ। यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ। त्यसकारण यी विद्युतीय उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि नै हामीले शरीरमा लोसन र सन – प्रोटेक्सन क्रिम लगाउनुपर्छ।

यि विविध उपाय अपनाएमा पनि छालामा समस्या देखा परेमा छाला रोग विशेषज्ञ सँग परामर्श लिनु उपयुक्त हुन्छ ।

मुना श्रेष्ठ, स्वयम्भु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here