Monday, September 9, 2024
थप

    नास्पाती : फल एक, फाइदा अनेक

    नास्पाती

    नास्पाती वा नासपाती (nashi pear), नेपालमा पाइने एक किसिमको फल हो। यसको उदगम पूर्वी एसिया मानिएको छ| नेपाली नाम नास्पाती ‘जापानी’ नामबाट आयात गरिएको विश्वास गरिन्छ | नासपाती रुखमा फल्ने फल हो । मौसमी फल नासपाती हाम्रो मुलुकका पहाडी स्थानमा पाइन्छ । यो गुलियो र स्वादिष्ट मात्र हुँदैन, थुप्रै पौष्टिक तत्त्व र औषधीय गुणले भरिपूर्णसमेत हुन्छ । त्यसैले नासपाती स्वादका लागि मात्र नभई स्वास्थ्य लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

    बुढापाका भुक्तभोगीहरु भन्छन्, ‘मौसम अनुसारको फल सेवन गर्नुपर्छ ।’ प्रकृतिले हामीलाई कुनैपनि फल त्यही सिजनमा उत्पादन गरिदिएको छ, जतिबेला शरीरलाई त्यसमा रहेको पोषक तत्व आवश्यक हुन्छ ।

    अप्रिल देखि अक्टोबर सम्म नासपातीको सिजन हो र यो बजारमा सजिलै पाउन सकिन्छ  । अहिले नास्पातीको सिजन छ । बजारमा नास्पाती किनबेच भइरहेको देखिन्छ ।

    यो फल स्वादिलो हुन्छ भनेर त भनिरहनु पर्दैन । नास्पाती नचाख्ने सायदै होलान् । न महंगो, न दुर्लभ । जबकी यो फल स्वास्थका लागि कति फाइदाजनक छ भनेर बुझ्नुभयो भने तपाईंले आजैदेखि यो फलको खपत बढाउनुहुनेछ ।

    नासपातीको विशेषता

    पोषक तत्वको मामिलामा नासपाती निकै सम्पन्न फल हो । विशेषगरी हड्डीलाई बलियो बनाउनको लागि आवस्यक हुने सबै प्रकारको पोषक तत्व नासपातीमा पाइन्छ । नासपातीमा भिटामिन ए, भिटामिन सी, भिटामिन-बी कम्प्लेक्स, भिटामिन-के, पोटासियम, क्याल्सियम, जिंक, फस्फोरस, कपर, म्याग्नीजको साथै फाइबर भरपुर मात्रामा पाइन्छ ।

    यी सबै पोषक तत्वले हड्डीलाई भित्रदेखि पोषण दिने काम गर्दछ । साथै फाइबरले सबै पोषक तत्वहरुलाई पूर्णरुपमा शोषण हुने प्रक्रियालाई सहि तरिकाले संचालन हुन सहयोग गर्छ ।

    केही प्रकारका नास्पातीमा भने आइरनको मात्रा धेरै हुन्छ । यदी नास्पाती काट्दा दुवै भागमा खैरो देखिएमा भने त्यसमा आइरनको मात्रा धेरै भएको बुझ्नु पर्छ ।

    किन खाने नासपाती?

    नासपातीले बोरोनको आपूर्ति गर्छ जसले बोसो हटाएर हड्डीको घनत्व बढाउँछ

    हड्डीलाई सही पोषण प्राप्त भएन बने हड्डीमा पाइने मांसपेशी र लचिलोपनमा कमी हुनेछ । यसकारणले हड्डीमा हुने कमजोरी शुरु हुन्छ र हड्डीमा खालीपन बढ्दै जान्छ । हड्डीलाई बलियो बनाईराख्न सबैभन्दा महत्वपूर्ण कार्य शरीरमा पोषक तत्वको कमी हुन नदिनु रहेको छ, जसले प्राकृतिक रुपमा शरीरको हड्डीलाई बनाउने काम गर्दछ ।

    यदि हड्डी कमजोर छ भने शरीर कहिले पनि बलियो हुन सक्दैन । त्यसैले हड्डीलाई स्वास्थ्य राख्नको लागि खानपिनको राम्रो ध्यान दिनुपर्दछ । स्वास्थ्य जीवनशैलीको लागि सधै सप्लिमेन्ट्सको सेवन गर्नु जरुरी हुन्छ । सन्तुलित भोजनले शरीरलाई सबै पोषक तत्व प्रदान गर्दछ । हड्डीको मजवुती र स्वास्थ्यको लागि नियमित रुपमा नासपातीको सेवन गर्नुपर्दछ

    शरीरमा बोरोनको कमीले क्याल्सियमको उत्पादन हुँदैन र हड्डीको आन्तरिक संरचना निकै कमजोर हुँदै जान्छ । हड्डी निकै कमजोर हुन्छ र सानो झट्काले पनि हड्डी भाचिने खतरा हुन्छ ।

    प्रायजसो मानिस स्याउ, केरा, आँप अनार आदि मुख्य फलफुलको रुपमा लिने गर्द्छन् र नासपातीलाई बेवास्ता गर्छन् । तर गुणको विषयमा नासपाती अन्य फलभन्दा फाइदाजनक छ ।

    नासपातीले शरीरमा बोरोनको कमि पुरा गर्छ । बोरोन एक यस्तो तत्व हो जसले शरीरमा प्राकृतिक रूपले क्याल्सियम बनाउने प्रक्रिया सुचारु रुपले बनाई राख्दछ ।

    केवल केहि फलहरुमा मात्र बोरोन पाइन्छ जसमध्ये नासपाती एक हो । त्यसैले हरेकदिन नासपातीको सेवन गर्नु फाइदाजनक रहेको छ ।

    क्यान्सर जस्ता घातक रोगबाट बच्न

    नास्पातीको सेवनले फोक्सोको क्यान्सर रोक्ने देखि पेटको क्यान्सर हसनबाट समेत जोगाउँछ । यसमा हाइपो एलजेर्निक तत्व हुने भएको यसको सेवनले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन ।

    यसमा पाइने उच्च फाइबरले कोलोन क्यान्सर हुनबाट समेत जोगाउँछ । नास्पातीमा ग्लूटेथाइन नामक एन्टी अक्सिडेन्ट तथा एन्टी कार्सिनोजेनिक तत्व पाइन्छ, जसले उच्च रक्तचाप तथा स्ट्रोक हुनबाट जोगाउँछ । यसमा पाइने फु्रक्टोस तथा ग्लूकोज शरीरलाई तागत प्रदान गर्ने प्राकृतिक स्रोतहरु हुन् ।

    भिटामिन ए को राम्रो स्रोत

    नास्पातीको सेवनले आखा धमिलो हुने समस्या कम गर्नुका साथै मुटुको धमनी विग्रनबाट जोगाउँछ । हालैमा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने नास्पातीको बोक्रामा एन्टीअक्सिडेन्ट क्वेरसेटिन पाइन्छ, जसले अल्जाइमर हुनबाट समेत जोगाउन मद्दत गर्छ । ।

    कब्जियत कम गर्न

    नास्पातीमा पेक्टिन हुन्छ, जसले दिशा खलास गर्न मद्दत गर्छ । कब्जियत भएमा नास्पातीलाई साधा तथा जुसको रुपमा पनि सेवन गर्न सकिन्छ ।

    वजन घटाउन

    वजन घटाउन चाहनेका लागि नास्पाती राम्रो विकल्प हुनसक्छ । नास्पातीमा क्यालोरीको मात्रा कम हुने भएकोले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ । भोक नलाग्नको लागि नास्पातीलाई रातको समयमा सेवन गर्न सकिन्छ । नास्पातीमा प्रशस्त मात्रामा फाइबर हुने भएकोले यसले तपाईलाई लामो समयसम्म भोक लाग्न दिदैन ।

    अमिलो पानी कम गर्न

    छाती पोल्ने समस्या, अमिलो पानी, तथा अपचको समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसले पेटमा रहेको एसिडलाई सोसेर अमिलो पानी आउनबाट जोगाउँछ ।

    कोलेस्ट्रोल घटाउन

    नास्पातीमा पेक्टिनको मात्रा उच्च हुन्छ । नासपातीमा फाइबरको मात्रा प्रशस्त पाइन्छ । त्यसैले, उच्च रक्तचापका विरामीहरुलाई चिकित्सक नास्पाती खान सल्लाह दिने गर्छन् । यसमा भएको पेक्टिन र फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । नास्पातीको बोक्रामा समेत पेक्टिन पाइने हुदाँ नास्पातीको सेवन गर्दा ब्रोका नफाली सेवन गर्न सल्लाह दिइने गरिने । यसका अलावा यसको सेवनले अथेरोस्क्लेरोसिस, हृदयघात र पक्षघात जस्ता समस्या हुने सम्भावना समेत कम हुन्छ ।

    मधुमेहमा
    कम क्यालोरीयुक्त तथा कार्वोहाइड्रेट्को मात्रा कम हुने भएकोले चिकित्सकहरु प्राय मधुमेहका विरामीलाई नास्पाती खान सल्लाह दिने गर्दछन् । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रित हुने गर्दछ । नास्पातीको स्वादलाई अझ बढाउन यसमा सुगर फि्र, फ्याट फि्र कि्रमकेा प्रयोग गर्न सकिन्छ ।

    बाझोपन हटाउन

    हर्मोनको गडबडीका कारण कयौ महिलामा बाझोपनाकेा समस्या हुने गर्दछ । ताजा तथा स्वस्थ फलफूल खाएर पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ । फलफुलमा प्राकृतिक गुलियोपना हुने गर्छ, जसले प्रजनन स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । त्यतिमात्रहैन, नास्पातीमा विभिन्न किसिमको भिटामिन तथा मिनरल्स पाइन्छ गरे शरीरको प्रतिरोधी क्षमतालाई मजुबत बनाई बाझोपनाको समस्या कम गर्न मद्दत गर्छ ।

    पथ्थरी हुनबाट जोगाउन

    नास्पातीको सेवनले पित्तथैलीमा पथ्थरी हुन दिदैन । यसमा पाइने ‘मेलिक’ नामक तत्वले पथ्थरीलाई कम गरी शरीरमा पथ्थरी हुनबाट जोगाउँछ ।

    त्यतिमात्र हैन, यसले मिगौलामा हुने पथ्थरीबाट समेत जोगाउन मद्दत गर्छ । सामान्यतया मिर्गौलामा क्याल्सियम अक्सालेट पथ्थरी हुने व्यक्तिको पिसाबमा अक्सोलेटको मात्रा धेरै हुने गर्छ । जसका कारण मिगौलामा पथ्थरी भएका व्यक्तिलाई अक्सालेट भएको खानेकुरा नखान सल्लाह दिइने गरिन्छ । नास्पातीमा अक्सालेटको मात्रा कम हुने भएकोले यसको सेवन मिर्गौलामा पथ्थरी भएका व्यक्तिले समेत सेवन गर्न सक्दछन् ।

    घाँटीको समस्या भएमा

    नास्पातीको सेवनले जलन कम गर्न मद्दत हुने भएकोले घाँटीको समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसको लागि थोरै महका साथमा नास्पातीलाई मिक्सरमा राम्ररी व्लेण्ड गर्नु पर्दछ । यसको सेवनले घाटीको समस्या कम गर्नुका साथै दिनमा दुई ग्लास नास्पातीको जुसको सेवनले घाँटी सम्बन्धि समस्या हुनबाट जोगाउँछ ।

    पेट सम्बन्धि समस्या भएमा

    फुड प्वाइजनिङ्ग भएमा वा भाइरस, व्याक्टेरिया वा परजिवीको सम्पर्कमा आएमा पेट दुख्ने गर्दछ । जसका कारण मानिसलाई वाकवाकी लाग्ने तथा वान्ता हुने गर्दछ । यस्ता समस्या कम गर्नका लागि पनि नास्पातीको सेवन गर्न सुझाव दिइने गरिन्छ ।

    नासपातीमा पाइने आइरनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मदत गर्छ। एनेमिया जस्ता रोगका सिकार भएकाहरूका लागि हरेक दिन नासपातीको सेवनलाई प्रभावकारी मानिन्छ।

    यदि तपाइको उमेर भन्दा पहिला नै अनुहार चाउरी परेको छ भने नियमित जसो नासपाती खाने बानी बसाल्नुहोस् l जसको सेवन गर्नाले यस्ता समस्याबाट सजिलैसँग छुटकारा पाउन सकिन्छ l

    नासपाती: गुदीभन्दा बोक्रा फाइदाजनक

    • नासपाती क्याल्सियम, क्लोरिन, फलाम, म्याग्नेसियम, सोडियम, सल्फर, तामा, फोस्फोरस र पोटेसियमको राम्रो स्रोत हो ।
    • यसको बोक्रामा धेरै लाभदायक तत्त्व हुन्छन् । त्यसैले नासपाती नताछी खानु निकै राम्रो मानिन्छ । यसको बोक्रामा गुदीको तुलनामा तीनचार गुणा बढी फाइटो न्युट्रिसन पाइन्छ, जसले क्यान्सर र मुटु रोगको जोखिम घटाउने गर्छ । यो फलमा थुप्रै एन्टिअक्सिडेन्ट पाइन्छन् ।
    • एन्टिअक्सिडेन्टले बुढ्यौलीको संकेतलाई रोक्नुका साथै उच्च रक्तचाप र स्ट्रोकको सम्भावना कम गर्ने गर्छ । यसमा भएको भिटामिन ‘ए’ र एन्टिअक्सिडेन्टले छालामा बढ्दा उमेरको प्रभाव कम गर्छ । चाउरी, डन्डीफोर र छाला सम्बन्धी समस्या रोक्न पनि सघाउँछ ।
    • नासपातीमा रेसा (फाइबर) उच्च मात्रामा हुन्छ । एउटा नासपाती खाँदा एक दिनको फाइबरको मात्राको करिब २४ प्रतिशतसम्म पूरा गर्न सकिन्छ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।
      फाइबरको राम्रो स्रोत हुने भएकाले यसमा भएको पेक्टिनले न कब्जियत हुन दिन्छ न त पखाला । पेक्टिनले रगतको कोलेस्ट्रोल र सेलुलोजको स्तर नियन्त्रित गर्छ । नासपाती भोक मेटाउन सहयोगी हुन्छ ।
    • यसमा भएको फाइबर धेरै ढिलोसम्म रहने हँुदा पेट भरिएको अनुभव भइरहन्छ । फाइबरले पेटको क्यान्सर बढ्न दिँदैन, ठूलो आन्द्रा स्वस्थ भइरहन्छ । यसमा पाइने हाइड्रो–अक्सिनमिक एसिडले पनि पेटको क्यान्सर रोक्न सघाउँछ ।
    • नासपाती जुनसुकै उमेर समूहका लागि उपयुक्त हुन्छ । मधुमेह, मोटोपन, जीवनशैलीसम्बन्धी स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिका लागि यो फल राम्रो मानिन्छ ।
    • यसमा लेबलोज हुन्छ । यो सुगरको एउटा प्राकृतिक रुप हो । अत्यन्त स्वास्थ्यवद्र्धक मानिएको लेबलोजले रगतमा सुगरको स्तर बढ्न दिँदैन ।
    • यसमा बढी मात्रामा बोरोन हुन्छ । बोरोनले हाम्रो हाडमा क्याल्सियम रहिरहन सघाउँछ । यो फल खाँदा अस्टियोअस्पोरोसिस हुने खतरा कम हुन्छ ।
    • नासपाती नियमित रूपमा खाने महिलाहरूलाई महिनावारी सुकेपछि क्यान्सर हुन सक्ने सम्भावना निकै घट्छ । यसमा भएको भिटामिन सी र एन्टिअक्सिडेन्टको गुणले क्यान्सरबाट कोषिकाहरू नष्ट हुन दिन्न ।
    • यसमा तामा र भिटामिन सी प्रशस्त पाइने भएका कारण हामीमा रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ । संक्रामक रोग हुन पाउन्न । मौसमी रुघाखोकीबाट समेत जोगाउछ ।
    • नासपातीमा ग्लुकोज हुने भएकोले खाएपछि शरीरमा तुरुन्त ऊर्जा बढ्छ ।
    • यसमा प्रशस्त मात्रामा फलाम पाइने भएकोले सेवन गर्दा हिमोग्लोबिनको स्तर बढछ । रक्तअल्पताले पीडित व्यक्तिले यो फल खानु राम्रो मानिएको छ ।
    • नासपाती खाइरहने महिलाको भविष्यको शिशुलाई ‘न्युरल टयुब डिफेक्ट’ हुन पाउन्न । यो फलमा पाइने फोलिक एसिडले यसमा काम गरेको हुन्छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै