असार १०, काठमाडौँ । विभिन्न पशुपंक्षीको आवाज निकाल्ने युट्युबमा चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्यामा संलग्न एक युवालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
सुरेष तिमिल्सिनाले बलात्कारको प्रयास गर्दा प्रतिकार गरेपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन् । उनी गाडीको सहचालक रहेको प्रहरी समक्ष खुल्न आएको छ ।
हत्या अभियोगमा पक्राउ परेका तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
घटनाको सार्वजनिक गर्ने क्रममा प्रहरीका एक अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । उक्त अधिकारीले भने, ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार हाम्रो अनुसन्धानले पत्ता लगाएको छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछिअभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा कामको व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए । तिमल्सिनाले त्यहीँ जबरजस्ती करणी गर्न खोजेपछि सुब्बाले प्रतिकार गर्न खोजेपछि तिमल्सेनाले घाँटी अँठ्याएर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि शव नचिनियोस् भनी तिमल्सिनाले धेरै पटक अनुहारमा प्रहार गरी विभत्स बनाएको महानगरीय अपराध महाशाखाले जनाएको छ । दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा बुधबार विभत्स अवस्थामा सुब्बाको शव फेला परेको थियो ।
घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्नुका साथै तालिम प्राप्त विशेषज्ञ कुकुरबाट पनि घटनास्थलको अवलोकन गराई प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
याे पनि पढ्नुहाेस्ः