Monday, September 9, 2024
थप

    नेपालसँग बिजुलीको व्यापार गर्न बंगलादेश तयार

    काठमाडौं‚ भदौ ९ ।  नेपाल र बंगलादेश बीच ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमति भएकाे छ। नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ ।

    भारत सरकारले प्रसारणलाइन प्रयोगको अनुमति दिएमा एनभीभीएनमार्फत विद्युत व्यापार सुरु गरिहाल्ने सहमति भएको छ । भारतले आफ्नो नोडल एजेन्सीमार्फत भारत हुँदै दुई देशबीच आफ्ना पूर्वाधार प्रयोग गरेर बिजली व्यापारको अनुमति दिन सक्छ । तर, अहिलेसम्म भारतले यसमा सहमति जनाएको छैन ।

    ‘बंगलादेश र नेपालबीचको विद्युत् व्यापारमा हामीले मात्रै सहमति गरेर हुँदैन, भारत नेपाल र बंगलादेशबीच त्रिपक्षीय सम्झौता नै हुनुपर्छ,’ बैठकमा सहभागी एक अधिकारीले भने,’भारत सहमत भएपनि ५० मेगावाटभन्दा बढीको बिजुली व्यापार गर्न अहिले हाम्रा सीमाहरुसम्म रहेको प्रसारणलाइन र पूर्वाधारले सम्भव हुँदैन ।’

    बैठकमा बंगलादेशले भारतीय कम्पनी जीएमआरले बनाउने नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट बिजुली खरिद गर्न विद्युत खरिद सम्झौता हुन लागेको औपचारिक जानकारी पनि दिएको छ । ‘डेढ-दुई महिनाभित्रै माथिल्लो कर्णालीको पीपीए हुने जानकारी बंगलादेशले गराएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने,’यसले माथिल्लो कर्णाली आयोजना छिटो बन्ने वातावरण बन्ने हाम्रो विश्वास छ ।’

    बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गरकेा थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै