Tuesday, February 11, 2025
थप

    पाकिस्तानमा भारी वर्षासँगै आएको हुरीका कारण १० को मृत्यु

    जेठ ३० । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हावाहुरुका कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ ।
    खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् । मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए ।
    यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ ।
    बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ । हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ ।
    पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरे ।
    वर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पिडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत् राहत दिइने खानले बताए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै