Monday, September 9, 2024
थप

    नेपालले केन्यालाई ४ विकेटको अन्तरले हरायो

    भाद्र—१२, काठमाडौँ । केन्या विरुद्धको तेस्रो टि.ट्वान्टी खेलमा नेपालले किन्यालाई ४ विकेटको अन्तरले पराजित गरेको छ । नैरोबीमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको केन्याले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदै पूरा गरेको थियो । जीतसँगै ५ वटा टि.ट्वान्टी श्रृंखलामा नेपालले २–१ को अग्रता लिएको छ ।

    प्रतिउत्तर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन बनाएका थिए ।’म्यान अफ द म्याच’ मल्लले ४१ बल खेल्दै १ छक्का र ४ चौका प्रहार गरेका थिए । नेपालका लागि डेब्यू गरेका अर्जुन साउदले ३५ रन बनाएका थिए । ३१ बल खेलका ओपनिङ ब्याट्सम्यान साउदले ३१ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेका थिए ।

    रोहित पौडेलले २९, मोहम्मद आदिल अलामले १७, पवन सर्राफले २०, दीपेन्द्रसिंह ऐरीले ६ र आरिफ शेखले नटआउट ४ रन बनाएका थिए । केन्याका लागि भीराज पटेल र युगेन अचिइङले २—२ विकेट लिएका थिए ।

    टस जितेर ब्याटिङ गरेको केन्याले २ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकेप पटेलले ७३ रन र इरफान करिमले ५५ बनाएका थिए । उनीहरुले तेस्रो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै