तेस्रो नेत्र (Third Eye) के हो ?
तेस्रो नेत्रको आध्यात्मिक परिचय
भगवान शिवको तेस्रो आँखालाई तेस्रो आँखा मानिएको छ । यसका साथै महाभारत युद्धमा कृष्णले अर्जुनलाई तेस्रो नेत्र खुलाएर आफ्नो विराट रुपको दर्शन गराएको प्रसङ्ग आएको छ । त्यसैगरी, महाभारत युद्धमा संजयदत्तलाई पनि दरवारमा बसेर कुरुक्षेत्रको सम्पूर्ण युद्धको दृष्य हेर्न सक्ने शक्ति दिइएको प्रसङ्ग पनि छ ।
तेस्रो आँखा खुलेपछि एक अदभूत शक्ति प्राप्त गर्छन् भन्ने धारणा पाइन्छ । तेस्रो आँखा अत्यन्त शक्तिशाली हुन्छ । तेस्रो आँखा खुलेपछि मान्छेको स्मरण शक्तिदेखि लिएर बौद्धिक शक्तिको वृद्धि हुन्छ । तेस्रो नेत्र खुल्यो भने मान्छेमा अदभूत शक्ति उत्पन्न हुन्छ र असम्भव कार्य पनि सजिलै गर्न सक्छ ।
पूर्वीय दर्शनमा तेस्रो नेत्र महाभारतमा संजयदत्तले धृतराष्ट्रलाई दरबारमा बसेर कुरुक्षेत्रको सम्पूर्ण वृतान्त बताइरहेको हुन्छ । यस्तो दृश्यचाहिँ पाइनियल ग्लान्टको सहायताले हेर्न सकिन्छ । यो बताउनको लागि उसलाई तेस्रो नेत्र देख्ने शक्ति दिइएको हुन्छ । उक्त सक्ति गुरुबाट दिइएको हुन्छ । तेस्रो नेत्र राम्ररी सव्रिmय भयो भने पछि हुने घटना पहिले नै जानकारीमा आउन सक्छ ।
तेस्रो नेत्रसम्बन्धी वैज्ञानिक अवधारणा
मान्छेको दुईओटा आँखाको ठिक पछाडि बिचमा पर्ने पाइनियल ग्यान्ट हुन्छ । त्यसलाई नै विज्ञानले तेस्रो तेत्र भनिन्छ । यो दुई आँखा र मष्तिष्कको बिचमा रहेको हुन्छ । धेरै मान्छेमा पाइनियल ग्यान्ट निष्कृय हुन्छ । पाइनियल ग्यान्ट पूर्ण रुपमा सक्रिय भयो भने मान्छेको दिमाग धेरै गुणा बढेर आउँछ ।
तेस्रो नेत्र कसरी सक्रिय हुन्छ त ?
तेस्रो नेत्र बच्चा पेटमा हुँदाको पाचौँ महिनादेखि सव्रिmय हुन थाल्छ । र बच्चा नजन्मिउन्जेल बच्चाले तेस्रो नेत्रको माध्यमबाट ध्यान गरिरहेको हुन्छ । बच्चाको आफ्ना आँखा नखुलेको अवस्था उसको तेस्रो नेत्र सव्रिmय हुन्छ । कुनै कुनै बच्चाले कसैले कहिल्यै नबोलेको कुरा बोलिरहेको हुन्छ यो सबै तेस्रो नेत्र खुलेको कारण भएको हो ।
कसरी खुल्न सक्छ त तेस्रो नेत्र ?
तेस्रो नेत्र खुल्न सबैभन्दा पहिले मान्छेको मन स्थीर हुनुपर्छ । मन स्थिर बनाउन सबैभन्दा उपयोगी विधि नै ध्यान हो । दैनिक ध्यान ध्यान र योगाको माध्यामबाट मनलाई नियन्त्रण गर्न सकियो भने तेस्रो नेत्र सजिलै खोल्न सकिन्छ । लगातार ध्यान गरेमा मान्छेको तेस्रो नेत्र खुल्छ जसका कारण अत्याधिक शक्ति प्राप्त भई असम्भव कार्य पनि सजिलै गर्न सक्छ ।
के हो पायनियल ग्यान्ड (Pineal gland) ?
डा. (Rick Strassman) रिक स्ट्रसमन डिएमटी (DMT) भन्ने पुस्तक लेखेका छन् । यो पुस्तकमा तेस्रो नेत्रको पछाडि एउटा पाइनियल भन्ने ग्लान्ट हुन्छ । यो केराउको दाना जस्त्रै आकारको हुन्छ । पाइनियल ग्यान्टले मेलाटोलिन भन्ने केमिकल उत्पादन हुन्छ । (Strassman, P. 56)
मेलाटोलिन केमिकलले सुत्नको लागि सघाउँछ । बच्चामा धेरै मेलाटोलिन उत्पादन भइरहेको हुन्छ र बच्चा धेरै समय सुत्न सक्छन् । तर जति उमेर बढ्दै जाँन्छ उति नै मेलाटोलिन केमिकलको उत्पादन कम भएर अनिद्राको समस्या देखिन्छ । कम सुत्ने व्यक्तिमा सम्झन सक्ने क्षमता पनि कम हुन्छ । (Strassman, P. 56).
पाइनियल ग्यान्टमा गडबडी भयो भने के असर देखिन्छ ?
पाइनियलको उत्पादन भएन भने निद्रा कम लाग्ने, निद्रा कम लाग्यो भने स्मरण शक्ति कम हुने गर्दछ । यसर्थ पाइनियल ग्यान्टलाई सक्रिय गर्नको लागि प्रयाप्त मात्रामा अँध्याराे काेठामा सुत्नु, आवश्यक हुन्छ ।