Friday, April 12, 2024
थप

    राहत लिएर मनाङ पुग्यो खेलकूद महासंघको टोली

    असार १०, काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल खेलकूद महासंघले मनाङ जिल्लामा बाढी–पहिराबाट प्रभावितलाई आज खाद्यान्नलगायत सहयोग सामग्री वितरण गरेका छन् ।

    सामग्रीसहित महासंंघको केन्द्रीय टोली आज हेलिकोप्टरबाट मनाङ पुगेका हुन् ।

    एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री कर्ण थापा, महासंघका इन्चार्ज तथा पूर्वमन्त्री दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, मनाङका एमालेका नेता छिरिङ लोप्साङ, ठण्डा गुरुङ, मदन गुरुङलगायतको टोली त्यसतर्फ गएको महासंघका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै