Home स्वास्थ्य/शिक्षा शैक्षिक गतिविधी कर्मचारी नेता तिवारी बने त्रि.वि. समन्वय महाशाखाको प्रमुख, बधाईको ओइरो

कर्मचारी नेता तिवारी बने त्रि.वि. समन्वय महाशाखाको प्रमुख, बधाईको ओइरो

0

मंसिर, २४, काठमाडाैँ । नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उपनियन्त्रक (कम्प्युटर) उपसचिव, दीपक तिवारीलाई जिम्मेवारी दिएको छ । पर्वत पैञ्यु गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा दिपक तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुख भइ कामगर्न विश्वविद्यालयले २०७८ मंसिर २३ देखि लागु हुने गरी जिम्मेवारी दिइएको हो ।

त्रिभुवन विश्वविद्यालयको बेथिति, विसंगति विरुद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रि.वि स्थापना गरी पेशागत हकहित र सेवा सुविधामा निरन्तर आवाज बुलन्द गर्दै आइरहेका तिवारी नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समिति (सबै विश्वविद्यालयका कर्मचारीहरुको छाता संगठन) को समेत संस्थापक अध्यक्ष भएर पेशागत आन्दोलनको उठान समेत गर्दै आएका छन् ।

तिवारी पछिल्लो समयमा कर्मचारी महासंघको सचिवालय सदस्य र विश्वविद्यालयका कर्मचारीहरुको एकता अभियानका संयोजक र त्रिवि कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन त्रि.वि कर्मचारी संघको वरिष्ठ उपाध्यक्ष समेत भई नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका हुन भने सेवामा विश्वविद्यालयले पहिलोपटक बि.बि.ए कार्यक्रमको प्रशासनिक जिम्मेवारी कुशलताका साथ सम्पन्न गरी त्रि.वि शिक्षण अस्पतालको योजना तथा निर्माण शाखा प्रमुखको जिम्मेवारी समेत पूरा गरेका छन् ।

त्रि.वि शिक्षण अस्पतालमा कार्यरत रहँदा जनसेवामा सक्रिय र अस्पताल सुधारमा क्रियाशील तिवारीको त्यहाँबाट सरुवा पश्चात २०७७ पुष १६ गते रमाना लिएर त्रि.वि केन्द्रीय किर्तिपुरमा हाजिर हुन पुगेका थिए । तत्पश्चात त्रि.वि सामान्य प्रशासन महाशाखा किर्तिपुर अन्तर्गत भौतिक सम्पत्ति व्यवस्थापन शाखाको जिम्मेवारी सम्हाल्दै उक्त शाखाको प्रमुख भएर काम गरेका तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

पदस्थापना कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय महासमितिका महासचिव लोकेन्द्र आर सी, उपमहासचिव प्रकाश सापकोटा, नेराकसं त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं विभिन्न पेशागत संगठनका पदाधिकारीहरुले प्रमुख तिवारीलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उपनियन्त्रक (कम्प्युटर) उपसचिव, दीपक तिवारीलाई जिम्मेवारी दिएको छ । पर्वत पैञ्यु गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा दिपक तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुख भइ कामगर्न विश्वविद्यालयले २०७८ मंसिर २३ देखि लागु हुने गरी जिम्मेवारी दिइएको हो ।

त्रिभुवन विश्वविद्यालयको बेथिति, विसंगति विरुद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रि.वि स्थापना गरी पेशागत हकहित र सेवा सुविधामा निरन्तर आवाज बुलन्द गर्दै आइरहेका तिवारी नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समिति (सबै विश्वविद्यालयका कर्मचारीहरुको छाता संगठन) को समेत संस्थापक अध्यक्ष भएर पेशागत आन्दोलनको उठान समेत गर्दै आएका छन् ।

तिवारी पछिल्लो समयमा कर्मचारी महासंघको सचिवालय सदस्य र विश्वविद्यालयका कर्मचारीहरुको एकता अभियानका संयोजक र त्रिवि कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन त्रि.वि कर्मचारी संघको वरिष्ठ उपाध्यक्ष समेत भई नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका हुन भने सेवामा विश्वविद्यालयले पहिलोपटक बि.बि.ए कार्यक्रमको प्रशासनिक जिम्मेवारी कुशलताका साथ सम्पन्न गरी त्रि.वि शिक्षण अस्पतालको योजना तथा निर्माण शाखा प्रमुखको जिम्मेवारी समेत पूरा गरेका छन् ।

त्रि.वि शिक्षण अस्पतालमा कार्यरत रहँदा जनसेवामा सक्रिय र अस्पताल सुधारमा क्रियाशील तिवारीको त्यहाँबाट सरुवा पश्चात २०७७ पुष १६ गते रमाना लिएर त्रि.वि केन्द्रीय किर्तिपुरमा हाजिर हुन पुगेका थिए । तत्पश्चात त्रि.वि सामान्य प्रशासन महाशाखा किर्तिपुर अन्तर्गत भौतिक सम्पत्ति व्यवस्थापन शाखाको जिम्मेवारी सम्हाल्दै उक्त शाखाको प्रमुख भएर काम गरेका तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

पदस्थापना कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय महासमितिका महासचिव लोकेन्द्र आर सी , उपमहासचिव प्रकाश सापकोटा, नेराकसं त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं विभिन्न पेशागत संगठनका पदाधिकारीहरुले प्रमुख तिवारीलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here