Sunday, October 13, 2024
थप

    मानवीय सहायताका लागि युक्रेनका दुई शहरमा रुसद्वारा युद्धविराम

    काठमाडौं‚ फागुन २१। युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दशौं दिन रसियाको रक्षा मन्त्रालयले युक्रेनको दुई शहरमा युद्धविराम घोषणा गरेको छ ।

    बीबीसीका अनुसार दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको हाे ।

    रुसी रक्षा मन्त्रालयले मानवीय सहयोगका लागि युद्धविराम गरेको जनाएको छ । युद्धविरामको समयमा मानिसहरु शहर छोडेर जान सक्ने उसले जनाएको छ ।

    बन्दरगाह नजिकैको शहर मरियुपुलमा रसियाले धेरै दिनदेखि आक्रमण जारी राखेको थियो । त्यस्तै भोल्नोभाखामा पनि युद्ध चर्किएको थियो । दुई शहरमा युद्धबिराम भएको युक्रेन पक्षले पनि पुष्टि गरेको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै