सञ्चार हाउस, काठमाडौँ । निर्णायक खेलमा घरेलु टोली केन्यालाई ३१ रनले हराउँदै नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ ।
कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक ट्वान्टी–ट्वान्टी शृंखला जितेको हो ।
यसअघि भएका चार खेलमा नेपालले दुई र घरेलु टोली केन्याले दुई खेल जितेको थियो । केन्याको राजधानी नैरोबीमा मंगलबार भएको खेलमा नेपालले पहिले व्याटिङ गर्दै ७ विकेट गुमाएर १७५ रन जोडेको थियो । नेपालका लागि व्याटरहरु ज्ञानेन्द्र मल्लले ५९ रन र रोहित पौडेलले ४७ रन जोडेका थिए ।
एक सय ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टोली केन्या ७ विकेट गुमाएर एक सय ४४ रनमा समेटियो । नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछाने र बसिर अहमदले समान २–२ विकेट लिए । करण केसी, मोहमद आदिल अलाम र दीपेन्द्रसिंह ऐरीको नाममा एकरएक विकेट रह्यो ।