Home प्रवास मुम्बईमा घर भत्किँदा भग्नावशेषले किचेर ११ जनाको मृत्यु

मुम्बईमा घर भत्किँदा भग्नावशेषले किचेर ११ जनाको मृत्यु

0
मुम्बईमा घर भत्किँदा भग्नावशेषले किचेर ११ जनाको मृत्यु

जेठ २७, नयाँ दिल्ली । बुधबार राति मुम्बइको एउटा घर भत्किँदा भग्नावशेषले थिचिएर ११ जनाको मृत्यु भएको छ ।
मालवानी इलाकाको चार तले घर राति साँढे ११ बजे आसपास भत्किएको स्थानीयको दाबी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
चार तले घर भत्किएर पुरिएका १८ जनालाई उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये घाइते सातजनालाई उपचारार्थ अस्पताल लगिएको छ । मुम्बई र आसपासको क्षेत्रमा बुधबार दिनभर वर्षा भएको थियो । अधिकांस क्षेत्र डुबानमा परेका थिए ।
अझै केही दिन वर्ष हुने मौसम विज्ञान विभागले जनाएर स्थानीयलाई सतर्क रहन पनि आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here