Saturday, May 18, 2024
थप

    फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    असार १०, रासस–सिन्ह्वा । फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ ।

    सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ ।

    वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

    रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताइएको छ । सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धार शुरु गरेको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै