Saturday, January 25, 2025
थप

    यस वर्ष १४ लाख ३१ हजार हेक्टर खेतमा रोपाइँ

    २१ भदौ, काठमाडौं । यस वर्ष देशभरको सिचाइयोग्य भूमिमध्ये १४ लाख ३१ हजार ४०९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसवर्ष गतवर्षको तुलनामा भन्दा ४ हजार हेक्टरले बढी हो । गत वर्ष १४ लाख २७ हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।

    गत वर्षभन्दा रोपाइँ योग्य क्षेत्रफल बढेपछि समयमै वर्षा नहुँदा थपिएको रोपाँइ हुने क्षेत्रको धान रोपाइँ प्रभावित हुन पुगेको मन्त्रालयको भनाइ छ । यो वर्ष कुल रोपाइँ योग्य जमिनको क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टरबाट बढेर १५ लाख ४ हजार ४ सय ८६ हेक्टर पुगेको थियो ।

    यस वर्ष मधेश प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ भएको क्षेत्रफलमा वृद्धि देखिए पनि प्रदेश एक, गण्डकी, लुम्बिनी र कर्णालीमा भने गत वर्ष भन्दा रोपाइँ र क्षेत्रफल घटेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    प्रदेश १ मा यो वर्ष गत वर्ष भन्दा ५ हजार हेक्टर कम क्षेत्रफलमा धान रापाइँ भएको छ । यो वर्ष प्रदेशमा ३ लाख ३१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यहाँ ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

    मधेश प्रदेशमा यो वर्ष १५ हजार हेक्टर थप क्षेत्रफलमा रोपाइँ भएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने प्रदेशमा गत वर्ष ३ लाख ५३ हजार ९ सय २ हेक्टरमा धान रोपाइँ भएको थियो । यो वर्ष प्रदेशमा ३ लाख ७८ हजार ३ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै बागमती प्रदेशमा थप ४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ बढेको छ । यो प्रदेशमा गत वर्ष एक लाख १३ हजार हेक्टरमा धान रोपाइँ भएकामा यो वर्ष एक लाख १७ हजार २ सय ६९ हेक्टरमा रोपाइँ भएको छ ।

    यता, सुदूरपश्चिम प्रदेशमा पनि यो वर्ष रोपाइँ भएको क्षेत्रफलमा उल्लेख्य वृद्धि छ । प्रदेशभर यो वर्ष गत वर्ष भन्दा १५ हजार हेक्टर बढी क्षेत्रफलमा यो वर्ष रोपाइँ भएको छ । प्रदेशभर यो वर्ष एक लाख ७८ हजार १६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष प्रदेशमा एक लाख ६३ हजार ९७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा गत वर्ष भन्दा ५ सय हेक्टरले धान रोपाइ हुने क्षेत्र थपिएको छ ।

    गण्डकी र लुम्बिनी प्रदेशमा भने गत वर्ष भन्दा रोपाइँ भएको क्षेत्रफलमा गिरावट आएको छ । गत वर्ष भन्दा गण्डकी प्रदेशमा ३ हजार, लुम्बिनीमा ८ हजार हेक्टरले रोपाइँ भएको क्षेत्र घटेको छ ।

    यो वर्ष रोपाइँ हुने क्षेत्रफल बढे पनि मौसम प्रतिकूल बनेको प्रदेश एक कृषि सचिव मेघनाथ तिमल्सेनाले बताए । प्रदेशमा गत वर्ष भन्दा ५ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ भएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै