असार ९ काठमाडौं । ६५ भन्दा बढी विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।
सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ। प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ। तामाङले बयानामा ३/४ दिनदेखि सम्पर्क नभएको बताएका छन्।
मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो।
प्रहरीले उनको शव दक्षिणकालीको बसपार्कको ट्वाइलेटबाट अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए ।
थप अनुसन्धान गरिरहेका छौं,’ महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण पंगेनीले भने।
प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको उनले बताए । ‘पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको थियो । ‘टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षतविक्षत भएको छ ।’ उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
‘अनुहार नचिनिने अवस्थामा छ। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको छ,’ महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले भने।
प्रहरीले घटनामा अनुसन्धानका लागि केन्द्रीय कुकुर तालिम केन्द्र महाजगञ्जबाट तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो। तर कुकुरले घटनास्थलबाट केही दुरी लिएर पछि ट्र्याक गर्न छाडेको थियो।
शव पुरानो ट्वाइलेटमा आधा शरीर भित्र र आधा बाहिर भएको अवस्थामा फेला पारेको हो। खुट्टापट्टिको भाग बाहिर निस्किएर दाहिने कोल्टो अवस्थामा फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।
अनुसन्धानका लागि प्रहरीले प्राविधिक पक्ष समेत हेरिरहेको छ। घटनास्थलमा देखिएका मोबाइलको बीटीएस समेत केलाइरहेको छ।
प्रहरीले मृतकले प्रयोग गर्दै आएको मोबाइल नम्बर समेत पत्ता लगाइसकेको छ।
घटनास्थलमा पुगेको फरेन्सिक टीमले भेटिएको शव दुई/तीन दिन पुरानो हुनसक्ने अनुमान गरेको थियो। महिलाले लगाएको माला छरिएको अवस्थामा फेला परेकाले मृत्युभन्दा अघि संघर्ष गरेको हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै घटनास्थलमा श्रृगारको सामानदेखि स्यानिटाजर समेत छरिएको अवस्थामा भेटिएको छ।
बलात्कार प्रयासकाे प्रतिकार गर्दा हत्या गर्ने यी हुन् हत्यारा…