Saturday, May 18, 2024
थप

    २०७९ को बडा दशैंको टिकाको उत्तम साइत ११:५१ मा‚ कता फर्केर लगाउने ? सुचना सहित

    असाेज १८‚ काठमाण्डाै। यस वर्ष दसैँ टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे रहेको नेपाल पञ्‍चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिकाे भनाइ छ । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । दसैँका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई भोलि बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरूले भोलि दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।

    असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशँैंको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा भोलिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।

    विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यस वर्ष धेरै उत्साहका साथ मनाइँदैछ । दशैँ मनाउन झन्डै २० लाख मानिस काठमाण्डौ उपत्यका छोडेर गाउँघर पुगेका छन् । त्यस्तै भारत र विदेशमा रहेकाहरू पनि दशैँका लागि मुख्य थलोमा फर्किएका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै