Saturday, May 18, 2024
थप

    फर्पिङमा सुरु भयो कार्तिक नाच

     

    काठमाडौंको दक्षिण भेग फर्पिङ, प्राचिन नाम शिखरापुर महानगरीले प्रख्यात रहेको दक्षिणकाली नगरपालिकामा वर्षेनी सञ्चालन गरिने कार्तिक नाच सुरु भएको छ । नेपाल संम्वत ५९४ साल देखि हरेक वर्ष अविछिन्न रुपमा सञ्चालन हुँदै आएको यस नाच हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन श्री महाँलक्ष्मी माताको महास्नान पुजा गरि सञ्चालन गरिन्छ ।

    No photo description available.

    यस नाचमा जगत जननी श्री दक्षिणकाली, श्री महाँलक्ष्मी, श्री गणेश, श्री कुमारी, श्री इन्द्रायणी, श्री वाराही, श्री भैरव, श्री महादेव, गंगा, पार्वती, ख्याक, कवँ, देवला, शिकारीहरु र फरक फरक धार्मिक तथा पौराणिक कथाहरुमा आधारित रहेर राजा, रानी, राजकुमार, मैयाँ, मन्त्री, सिपाहीँहरु समेतको नाच प्रस्तुत गरिन्छ ।

    May be an image of flower

    करिव एक महिना सम्म कलाकारहरुलाई प्रशिक्षण गराई कार्तिक शुक्ल पुर्णिमादेखि ४ दिन सम्म देखाइने उक्त नाचको अर्को विशेष आकर्षण भनेको वियोगमा परेकी रानी वा मैयाँलाई तान्त्रिक शक्तिबाट विलाप गराईन्छ र विलाप लाई शान्त पार्न पनि तान्त्रिक विधि नै अपनाइन्छ । हाल यस नाच सञ्चालन गर्न स्थानीय निकाय र अन्य सहयोगी दाता महानुभावहरुको सहयोगले मात्र सञ्चालन गर्न कठिन हुँदै गईरहेको कुरा नाचका प्रमुख गुरु धर्मराज बलामीले वताउनु भयो । “दिनानु दिन बढ्दै गइरहेको महंगीले गर्दा नाच प्रशिक्षण देखि समापन सम्म धेरै रकम खर्च हुने गरेको छ । त्यस्तै विभिन्न प्रविधि र आधुनिक मनोरञ्जनका साधनको सहज पहुँचले पनि नाच हेर्नको लागि दर्शकहरुको पनि कमी हुँदै गइरहेको अवस्था छ ।” बलामी अगाडी थप्नु हुन्छ, “अहिले त नाचमा कलाकारहरु खोज्न पनि हम्मे हम्मे नै छ । हामीले कलाकारलाई विशेष व्यवस्था र सहयोग गर्न सकिरहेका छैनौ । त्यसैले विशेष भूमिका निर्वाह गर्नुपर्ने कलाकारहरुलाई त विशेष अनुरोध गरेर ल्याउनु परिरहेको छ । अर्को हामीलाई कुनै पनि सरकारी निकाय बाट यथेष्ट आर्थिक सहयोग उपलब्ध छैन । स्थानीय निकायले दिएको थोरै बजेट र अन्य दाताहरु खोजेर नाच सञ्चालन गरिरहेका छौं । त्यसैले गर्दा यस वर्ष नाच पनि ४ दिनलाई घटाएर २ दिन मात्र देखाउन सकिने भएको छ”

    May be an image of flower

    कला, संस्कृतिको जगेर्ना र यसलाई संरक्षण गर्ने हो भने अवश्य पनि यस्ता खालका नाचको लागि सरकार र राज्यले पनि केही योगदान गर्नु आवश्यक देखिएको छ । कला संस्कृति हाम्रा धरोहर हुन् । हाम्रा पहिचान हुन् । तसर्थ केही गर्न नसके पनि दर्शकको रुपमा उपस्थित भएर नाच अवलोकन गरिदिनु होला । हामी यही अपेक्षा गर्दछौं । नाचको पहिलो कार्यक्रम कार्तिक २३ गते टिपीटोलमा र २५ गते झम्केश्वरी प्राङ्गणमा बेलुकी ५ः३० बजे देखि १२ः०० बजे सम्म देखाइने छ । यस वर्ष शनि देवको कथामा कञ्चनसेन राजाको नाच देखाइँदै छ ।

    No photo description available.

    No description available.

    No photo description available.

    May be an image of 12 people, people standing, people sitting and outdoors

    सूचना

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै