Home अन्तराष्ट्रिय अमेरिकी राष्ट्रपति बाइडनको घोषणा: कोरोना खोप लगाउनेलाई १०० डलर

अमेरिकी राष्ट्रपति बाइडनको घोषणा: कोरोना खोप लगाउनेलाई १०० डलर

0
अमेरिकी राष्ट्रपति बाइडनको घोषणा: कोरोना खोप लगाउनेलाई १०० डलर
U.S. President Joe Biden delivers remarks on the May jobs report after U.S. employers boosted hiring amid the easing coronavirus disease (COVID-19) pandemic, at the Rehoboth Beach Convention Center in Rehoboth Beach, Delaware, U.S., June 4, 2021. REUTERS/Kevin Lamarque

साउन १५, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिइने घोषणा गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सबै राज्यहरुलाई उक्त रकम उपलब्ध गराउन आह्वान गरेका हुन् ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।

हाल अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे योजना बनाइरहेको बताएका थिए ।

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट भने ननिकालिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here