Saturday, January 25, 2025
थप

    आज सूर्यग्रहणः नेपालबाट हेर्न निमल्ने

    जेठ २७, काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
    समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसबाट कुनै असर नपर्ने बताएका छन् ।
    नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण नेपालको कुनै पनि हिस्साबाट नदेखिने ढुंगेलले जानकारी दिए ।
    ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । जसलाई पश्चिमाहरुले रिङ अफ फायर भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै