Monday, September 9, 2024
थप

    क्रोएसिया स्कटल्याण्डलाई हराउँदै अन्तिम १६ मा उक्लियो, स्कटल्याण्ड समूह चरणबाटै बाहिरियो

    असार ९, काठमाडौं । युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा सक्टल्याण्डलाई ३–१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ स्थानमा प्रवेश गरेको छ ।
    जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।
    स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । स्कटल्याण्डका कलुम म्याग्रेगोरले एक गोल फर्काए ।
    खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएपनि ४२औं मिनटमा म्याकग्रेथोरले स्कटिस टोलीका लागि बराबरी गोल गरेका थिए । तर मोडरिचले ६२ औं र पेरिसिचले ७७औं मिनेटमा गोल गरेपछि क्रोएसिया विजयी भएको हो ।
    जितपछि क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो । क्रोएसिया र चेक रिपब्लिकको समान अंक र गोल अन्तर रहेपनि धेरै गोल गरेका आधारमा क्रोएसिया अघि रहेको हो ।
    ३ खेलबाट १ अंक मात्र भएको स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै