Saturday, May 18, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार ४ सय २१ जनामा संक्रमण, ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त

    असार ९, कामठाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६१ पीसीआर परीक्षणमा १ हजार ५ सय ११ र ४ हजार ९ सय ५३ जनाको एन्टिजेन परीक्षणमा ९ सय १० जना गरी २ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
    कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ५२ जनाको मृत्य भएको छ । तर, २९ जना पहिल्यै मृत्य भएको तर तथ्यांकमा समावेश नभएकोले आज तथ्यांक सार्वजनिक गरिएको हो । २९ जनाको तथ्यांक समावेश गरेपछि जम्मा ८१ जनाको मृत्यु भएको तथ्यांक प्रवक्ता कृष्ण पौडेलले प्रेस मिटमा जानकारी दिए ।
    पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० रहेको छ । जसमध्ये ४७ हजार २ सय ४६ जना होम आइसोलेसनमा र ३ हजार २ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै