Home कला-साहित्य उदक अभ्यास : भाग ५

उदक अभ्यास : भाग ५

0
उदक अभ्यास : भाग ५

माथिको तस्विरमा लेखिएका स्रष्टाका उदकहरू :

उदक अभ्यास : भाग ५

लेख्नुपर्ने उदक सङ्ख्या : १

प्रशिक्षक : आर्त अकुलीन

मिति : २०७८-०३-१२ गते शनिवार

सहभागी सङ्ख्या : ४८ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌।

इन्द्रेनी

सात रङ्ग

सङ्घर्षमय जीवनको उमङ्ग !

हिमाल अम्मै, घोडाघोडी, कैलाली

सप्तरङ्गी

मनमोहक दृष्य

प्राकृतिक जटाले भरीपूर्ण !

बलराज गिरी, कैलाली

मनमोहक

सप्तरङ्गी चमक

आत्मिक भाव प्रेम !

होम प्रसाद न्यौपाने, धरान -११, सुनसरी

रङ्ग

प्राकृतिक सृष्टि

अनमोल रहेछ दृष्टि

दामोदर ढकाल, भोजपुर

सृष्टि

जल अनुकुलता

जीव जगत इन्द्रेनी !

विष्णुदीप सङ्कल्प, ठिमी, भक्तपुर

प्रकृति

निश्चल निष्पाप

चुम्न दिन्छे स्वीकृती !

पशपती राई, खोटाङ

रङ्गिन

इन्द्रेणीको रङ्ग

प्रेम भाव उमङ्ग !

बिमला आठपहरिया, धनकुटा

प्रकृति

अनौठो आकृति

नासेमा आउने विकृति !

सविता के.सी., काठमाडौं ९

मनमोहक

सप्तरङ्गी इन्द्रेनी

अनुपम प्राकृतिक झरना !

नारायणप्रसाद उपाध्याय, कैलाली

१०

झरना

प्राकृतिक छटा

सातै रङ्ग इन्द्रेनीको !

वसन्त अनुभव, घोराही-१४, दाङ

११

सुन्दर

मनमोहक दृश्य

पानी झरना इन्द्रेनी !

कृष्णदास जोशी, काठमाडौं

१२

इन्द्रेनी

संयोजन प्रकृतिको

विविध रस जीवनको !

सुधा बाँस्कोटा ढकाल, काठमाडौं

१३

झरना

कलकल पानी

अनुपम प्राकृतिक सुन्दरता !

रामसुन्दर थारू, कैलाली

१४

इन्द्रेनी

प्रकृति सुन्दरी

विविध रङ्गको गुच्छा !

समुन्द्रा शर्मा, इटहरी, सुनसरी

१५

सुन्दरता

प्राकृतिक सृष्टि

सत्यम् शिवम् दृष्टि !

केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गोरखा

१६

प्रकृति

सुनौलो संसार

जिउने गर्विलो आधार !

अरुणा श्रेष्ठ ‘अनु’, झापा

१७

मोहक

झरना इन्द्रेनी

सौन्दर्य छटा प्रकृतिको !

रामचन्द्र ढकाल, चितवन

१८

सप्तरङ्गी

स्वच्छ प्रकृति

जीवनको सुन्दर आकृति !!

अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

१९

प्रकृति

सृजनाको मुहान

व्रम्हको अनुपम वरदान !

खलवीर नाराज, तनहुँ

२०

प्रकृति

स्वस्थ फोक्सो

रङ्गीविरङ्गी इन्द्रेनी जगतको !

टीकाराम पुनमगर, सल्यान २१

झरना

निरन्तर अविरल

रङ्गको साथमा झरझर !

रामकृष्ण दवाडी, पाेखरा

२२

प्रकृति

जीवनको रङ्ग

एक अनुपम आकृति !

आर्त अकुलीन, कैलाली

२३

सृष्टि

सुन्दर दृष्टि

सदियौं सुन्दर प्रकृति !

श्रीनगर तानसेन पाल्पा पुष्कर अथक रेग्मी !

२४

आहा

मोहनी लाग्दो

झरनासँगै सुन्दर इन्द्रेनी !

जय धामी, बझाङ

२५

प्रकृति

जटा लताको

उमङ्ग मन साराको !

बुद्धिप्रसाद लामिछाने, कैलाली

२६

प्रकृति

छालको गति

अनुपम जिन्दगीको मेल !

हृदय लेकाली, भैरहवा

२७

मिलन

घाम पानी

लागेको मनोहर इन्द्रेनी !

पुष्पा सायरा, बिराटनगर

२८

ढानी

मन मोह्न्यइली

चम्पन मोर बस्ती !

सागर कुस्मी, कैलाली

२९

प्रकृति

सप्तरङ्गी झरना

जीवनको अमूल्य निधि !

प्रभादेवी पौडेल, चितवन

३०

बर्षात

हिलो मैलो

धान रोप्ने असार !

सरस्वती श्रेष्ठ, रुपन्देही

३१

सप्तरङ्गी

अनेकौं भाव

शुभ अशुभ दर्शन !

चन्द्रावती अधिकारी, कोहलपुर

३२

दृष्टि

सुन्दर प्रकृति

उदकमा किरण सप्तरङ्गी ।

अगस्टीन राई, पूर्व सिक्किम, भारत

३३

सप्तरङ्गी

इन्द्रेनी राम्रो

लोभियो मन हाम्रो !

नारायण कोइराला, तानसेन, पाल्पा

३४

सौन्दर्य

खोलानाला छालमा

इन्द्रेनी प्रकृतिको जालमा !

मनोज थापा, कैलाली

३५

प्रकृति

सुन्दर हुन्छ

हामीले माया गर्नुपर्छ !

सुस्मिता भट्टराई, अर्घाखाँची

३६

प्रकृति

इन्द्रेनी जल

सम्झिँदा मनै कलकल !

प्रतीक रावल, झलारी, कञ्चनपुर

३७

बादल

पानी तानेर

इन्द्रेनी साथ लिएर !

मङ्गला उपाध्याय, कलैया-१, बारा

३८

प्रकृति

सौम्य मनमोहक

आफैमा सुन्दर आकृति !

लक्ष्मी बस्याल बर्दिया

३९

प्रकृति

गरिरहेछ झेल

बाढी पहिरो भेल !

उर्मिला पन्त पाण्डे, काठमाडौं

४०

प्रकृति

स्वच्छ इन्द्रेनी

देखियो सप्तरङ्गी आकृति !

नानीमाया सुनुवार, उदयपुर

४१

फुरुङ्ग

इन्द्रेनी रङ्ग

प्राकृतिक छहरा उमङ्ग !

अबोध निर्मल, लम्कीचुहा-०३, कैलाली

४३

प्रकृति

सप्तरङ्गी झरना

घाम पानीको दृष्य !

धर्मिला कार्की‌, काठमाडौं

४४

इन्द्रेनी

वर्षा बाढी

प्रकृतिको अनुपम दृश्य !

खड्गबहादुर गुरुङ, कैलाली

४५

इन्द्रेनी

स्वर्गको प्रेमपास

अङ्कमाल धरती आकाश !

टीकाराम जोशी, कैलाली

४६

झरना

सात रङ्ग

धेरै सुन्दर दृष्य !

कविता आचार्य, कैलाली

४७

इन्द्रेनी

रङ्गी बिरङ्गी

सात रङ्गको मिश्रण !

सरस्वती श्रेष्ठ, इटहरी

४८

इन्द्रेनी

चोर्यो मन

सप्तरङ्गी देखियो गगन !

पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

 

यी पनि पढ्नुहाेस्ः

‘उदक’ नेपाली साहित्यमा कविताको नवप्रवर्तित लघुतम रूप

उदक अभ्यास : भाग ४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here