“उदक साहित्य यात्रा/उदक संवाद समूह”
उदक अभ्यास : भाग ४
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०३-०५ गते शनिवार
सहभागी सङ्ख्या : ५६ जना
आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । तस्विरमा लेखिएका स्रष्टाका उदकहरू :
१
खोलो
बाटो बिरायो
घर खेत खायो !
कृष्ण दास जोशी, Maryland, USA
२
प्रकोप
विपतको पीडा
अविरल आमाको आँसु !
आर्त अकुलीन, कैलाली
३
मेलम्ची
प्रकोपको समयमा
नगरौँ कसैले खेलाँची !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे
४
मेलम्ची
हिजोको शहर
आज भएको खण्डहर !
खड्गबहादुर गुरुङ, कैलाली ।
५
विपत्ति
खोस्यो खुसी
बगरमा परिणत बगैँचा !
शिव खनाल ‘जीवम’, स्याङ्जा
६
सपना
जिन्दगी निन्द्रामै
भोकले हात पसारिरहेछ !
जनार्दन धड्कन, पाल्पा
७
वर्षा उ
दास बस्ती
शोक सारा हस्ती !
सागर कुस्मी, कैलाली
८
बाढी
जनजीवन प्रभावित
करोडौंको सम्पति विनास।
लक्ष्मी बस्याल, बर्दिया
९
विरायो
अनेक सपना
मन मस्तिस्कमा लुकायो !
रोशन पराजुली, धरान
१०
विपत
प्राकृतिक प्रकोप
कमजोर भोगोलिक धरातल !
नारायणप्रसाद उपाध्याय, कैलाली
११
प्रकोप
प्राकृतिक मानवकृत
आक्रोश प्रकट स्वभाविक !
अगस्टीन राई, पूर्व सिक्किम, भारत
१२
नदी
किनारमा सहर
बाढी आउँदा बगर !
हिमाल अम्मै, कैलाली
१३
नदी
किनारमा सहर
बाढी आउँदा बगर!
भीमराज अम्मै, घोडाघोडी-१०, पहलमानपुर, कैलाली
१४
प्रकृति
जन्मसँगै मृत्यु
अचम्मको दैवको लीला !
जय धामी, बझाङ
१५
विपत्ति
प्राकृतिक प्रकोप सधैं
सताउँने हामीलाई !
सुशीला पौडेल, काठमाडौं
१६
सिन्धुपाल्चोक
सुन्दर सहर
एकै रातमा बगर !
चन्द्र उपाध्याय, कैलाली
१७
प्रकृति
हाम्रो सम्पत्ति
सहन सकिनन् विकृति !
दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौं
१८.
विज्ञान
प्रकृतिको विजय
विनाश आतङ्क सङ्घार !
कण्ठराज गिरी, टीकापुर, कैलाली
१९
प्राकृतिक
बाढी पहिरो
बढ्ने मानवीय हस्तक्षेपले !
रामचन्द्र ढकाल, चितवन
२०
छेक
बाढीले बगाउँछ
सेक सर्वदा सघाउँछ !
नारायण खनाल, मालारानी, अर्घाखाँची
२१
बाढी
बनायो खाडी
रुँदैछे आज मेलम्ची !
खलवीर नाराज, तानसेन
२२
दोहन
बालुवा गिट्टी
प्रकृति रिसाइन अति !
मङ्गला उपाध्याय, कलैया-१, बारा
२३
विपत्ति
प्राकृतिक प्रकोपले
जनमानसमा सधैँ आपत्ति !
सरस्वती श्रेष्ठ, इटहरी
२४
बाढी
आँसुको भेल
विचित्र दैवको खेल !
वसन्त अनुभव, घोराही-१४, दाङ
२५
विकास
डोजर आतङ्क
विपत्ति निम्त्याउने यन्त्र !
राम न्यौपाने ‘बिन्ती’, कैलाली
२६
निर्माता
कता लुकेछन्
सक्रिय छन् संहारकर्ता !
दामोदर ढकाल, काठमाडौं
२७
प्रकृति
उमङ्ग रोदन
खुशी अनुमोदन छेदन !
अबोध निर्मल, कैलाली
२८
पीडा
मनको व्यथा
अनगिन्ती आन्तरिक कथा !
मञ्जु पौडेल, दाङ
२९
झरी
नपरिदेउ यसरी
मुटु चुँडिने गरी !
प्रकाश सदाशङ्कर, कैलाली
३०
प्रकृति
कुर्लेर देखाउँदै
विपत्तिमा अनेक विपत्ति ।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गोरखा
३१
प्रकृति
दिँदैछ चुनौती
मानव घटाउ बिपत्ति !
श्रीनगर तानसेन पाल्पा पुष्कर अथक रेग्मी !
३२
प्रकृति
मिचियो आकृति
खोलीको आफ्नो बाटो !
सविता के.सी., काठमाडौं
३३
प्रकोप
इन्द्रावती रिसाउँदा
मानव आतङ्कको परिणाम !
बलराज गिरी, कैलाली
३४
बगायो
बर्खामा जोगिनु
एउटा सन्देश जगायो !
बादल गुरुङ वियोगी, सङ्खुवासभा
३५
प्रकृति
नचलाऊ धेरै
नत्र ल्याउँछ विपत्ति !
रमेश प्रभात, चितवन
३६
बाढी
घरबार विनाश
सरकारका छोटा हात !
सोमनाथ लुइटेल ‘रवि’, पाल्पा
३७
आषाढ
प्रारम्भ विनाशकारी
नहोस् अब बर्षभरि !
ज्योति भट्टचन, पोखरा
३८
बाढी
आएर बिपत्ति
मास्यो सम्पूर्ण सम्पत्ति !
मङ्गला उपाध्याय, कलैया
३९
विपत्ति
आयो कसरी
सबै मेलम्ची बगायो !
सुमित्रा पोखरेल, काठमाडौं
४०
असार
उर्लियो नदी
धन जन क्षति !
समुन्द्रा शर्मा, इटहरी
४१
कालो
उदायो सूर्य
उजाडिँदै निर्धाको वस्ती !
पार्वती भट्ट, कैलाली
४२
पहिरो
सिन्धुलाई चोट
परेछ धेरै गहिरो !
सरस्वती श्रेष्ठ, रुपन्देही
४३
ताकत
बाढीमा छोपिएछ
जीवन मरणको लागत !
रामकृष्ण दवाडी, पोखरा
४४
रुवायो
उजाडियो वस्ती
निभायो बलेको बत्ती !
टुकादेवी आचार्य, शुक्लागण्डकी, तनहुँ
४५
बाढी
समयको खेल
गाउँघरमा उर्लँदो भेल !
मनोज थापा, कैलाली
४६
पानी
प्राण प्राणीको
प्रतिकूल प्रध्वंसी परिस्थिति !
रोहिणी तिमसिना
४७
फुर्कियो
खहरे छिल्लिँदै
मानव वस्तीमा कुर्लियो !
गोविन्द खनाल, स्याङ्जा
४८
विपत्ति
प्राकृतिक प्रकोप
निर्जन बस्ती विडम्बना !
दीपकराज गौतम, कैलाली
४९
प्रकृति
गड्गडाहटले
निम्त्यायो मनुवा विपत्ति ।
दाहाल कल्पना, काठमाडौं
५०
विपत्
बाढिको पीडा
नेता कुर्सीको क्रिडा !
बुद्धिप्रसाद लामिछाने, कैलाली
५१
बाढी
प्रकृतिको खेल
धन जनको क्षति !
हीराचन्द्र अधिकारी, कैलाली
५२
लालच
रोकावट धृष्टता
हाल बेहोर्दै नतिजा !
एसबी देशभक्त, लमही, दाङ
५३
क्षती
नदी उर्लियो
क्रमशः आकाश पोखियो !
पुष्पा सायरा, बिराटनगर
५४
सिन्धुपाल्चोक
बिल्लिबाठ उठिबास
मनसुनले पारेको सत्यानास !
कमला देवकोटा, पाल्पा
५५
सिन्धुमा
डुबे सपना
विपत्ति उच्च बिन्दुमा !
चन्द्रकला अधिकारी, पाँचथर
५६
बाढी
पीडामा पीडा
हरेक वर्षको जस्तै !
कविता आचार्य, कैलाली