Saturday, January 25, 2025
थप

    पछिल्लो २४ घन्टामा २ हजार १६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

    असार १२, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ । कोरोना संक्रमणका कारण ८ हजार ९ सय ७५ जनाको मृत्यु भएको छ ।

    सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १ सय ९९ जना होम आइसोलेसनमा र २ हजार ८ सय २५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७ सय ३४ जना आईसीयूमा र २ सय २२ जना भेन्टिलेटरमा छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै