Home कला-साहित्य ‘उदक’ नेपाली साहित्यमा कविताको नवप्रवर्तित लघुतम रूप

‘उदक’ नेपाली साहित्यमा कविताको नवप्रवर्तित लघुतम रूप

0
‘उदक’ नेपाली साहित्यमा कविताको नवप्रवर्तित लघुतम रूप

साहित्यमा ‘उदक’ नवप्रवर्तित नेपाली कविताको लघुतम रूप हो । संस्कृत भाषामा ‘उदक’ शब्दको अर्थ जल अर्थात् पानी हो । यसबाट पनि यसको रचनाविधान पानीको एउटा थोपो जस्तै प्रभावकारी हुनुपर्छ भन्ने कुरामा अभिलक्षित छ । यसको प्रवर्तन वि.सं. २०७७/०६/२७ गते भएको हो र यसका प्रवर्तक कैलालीका स्रष्टा आर्त अकुलीन हुन् ।

यो ‘उदक’ तीन हरफमा लेखिन्छ र यो जम्मा छओटा शब्दमा पूरा हुनुपर्छ । यसमा अक्षर सङ्ख्या गनिँदैन तर यसको बाह्य संरचना अन्तर्गत पहिलो हरफमा एउटा शब्दले परिचय, दोस्रो हरफमा दुइटा शब्दले व्याख्या र तेस्रो हरफमा तीनओटा शब्दले निष्कर्ष दिनु अनिवार्य मानिन्छ भने आन्तरिक संरचना अन्तर्गत विषयवस्तु र भाषा शैलीय विन्यासमा भाषा, शैली, लय, बिम्ब, प्रतीक आदि आवश्यक हुन्छ ।

‘उदक’लाई काव्यिक विधाअन्तर्गत लघुतम रूपको मान्यता दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानले २४ नम्बरमा दर्ता गरेको छ । उदक लेखनमा अभिधार्थभन्दा पनि व्यञ्जनार्थ र लक्ष्यणार्थमा जोड दिनु उत्तम हुन्छ ।

दश उदक :        

                                             – आर्त अकुलीन, कैलाली

१          मोहित

            फूल भमरा

            आत्मिक युगल प्रेम!

२          काफल

            खाएको मानव

            उकाली ओराली सफल !

३          समीक्षा

            आत्मिक चेतना

            अन्तर्मनको गहन सागर !

४          फूलबारी

            कागको काका

            रातमा वियोगी चखेवा !

५          जिन्दगी

            विभिन्न घुम्ती

            बाटो बिरालो मान्छे !

६          जिन्दगी

            भएको बन्दगी

            शीतको थोपा जस्तै !

७          जीवन

            भीरको बाटो

            दु:ख सुखको पाटो !

८          सन्तुष्टि

            जिन्दगीको आधार

            सबैभन्दा ठूलो सम्पत्ति !

९          मानिस

            चोर औँलाहरू

            बाँकी औँला आफूतिर !

१०         सडक

            भेडा च्याङ्ग्रा

            आफ्नो आफ्नै गन्तव्य !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here