गर्मी मौसममा गर्मीको कारणले हाम्रो छाला बढी चिल्लो र चिप्चिप पर्ने खालको हुन्छ । जसले गर्दा छालाका रोम छिद्रहरु प्रस्ट देखिन्छ । अर्थात खुल्ला पोर्षको बढी समस्या देखा पर्छ साथै डण्डीफोर पनि बढी आउन थाल्छ । तातोपनको कारण शरिरमा डिहाइड्रेडको समस्या हुनाले छाला सुख्खा र प्याचि हुन जान्छ । यस्तो अवस्थामा आफ्नो छालालाई हाइड्रेड र स्वस्थ राख्न जरुरी छ ।
गर्मी मौसममा छालाको हेरचाह गर्ने उपायहरु
- गर्मीमा सबै भन्दा जरुरी छालालाई हाइड्रेड गर्नु हो । जसको लागि जति सकिन्छ प्रसस्त मात्रामा पानी पिउनु पर्दछ ।
- छालालाई समय समयमा सावुन र सफा पानीले धोइरहनु पर्दछ । किनकी पसिनाको कारण छालामा ब्याक्टेरिया र धुलो तथा माटो टाँसिन गई डेड सेल्स र ब्ल्याकहेङ्सको समस्या देखा पर्न सक्छ ।
- छालामा भएको फोहोर र डेड सेल्सहरु निकाल्नको लागि बजारमा पाइने स्तरीय फेसवास, क्लिन्जिङ मिल्क जस्ता कस्मेटिक्स सामग्रीहरुको पनि प्रयोग गर्न सकिन्छ ।
- फेस क्लिन्जिङ प्रयोग गर्दा चिल्लो छाला छ भने ओइल फ्रि क्लिन्जिङ र सुख्खा छाला छ भने ओइली खालको छालालाई मोइस्चराइज पुग्न खालको क्लिन्जिङ प्रयोग गर्नु पर्दछ ।
- गर्मी होस् वा जाडो हामीले छालालाई सकेसम्म घामको प्रत्यक्ष किरणबाट सुरक्षित राख्नु पर्दछ । त्यसको लागि आफ्नो छाला अनुसार उपयुक्त SPF 30 भन्दा माथिको सन्सस्क्रिन प्रयोग गर्नु पर्दछ । सन्सस्क्रिनले हाम्रो छालालाई घामको UVA र UVB किरणबाट हुने नराम्रा असरबाट बचाउँछ ।
गर्मी मौसममा छालाको हेरचाह गर्ने घरेलु उपायहरु
- दूध र मही ले मोस्चराइजरको जस्तै काम गर्छ । त्यसकारण चिसो दूधमा सानो कपासको टुक्रा भिजाएर हातले हल्का तवरले अनुहारमा मालिस गर्ने र ७ मिनेट पछि सफा पानीले धुने ।
- यो प्रक्रिया हामीले नुहाउनु भन्दा अगाडी शरीरमा पनि प्रयोग गर्न सकिन्छ ।
- टमाटर, मह र कागतीको रस मिसाएर आफ्नो अनुहारमा लगाउने र १० मिनेट सम्म छोड्ने । त्यसपछी सफा पानीले धुने । यसले हाम्रो अनुहारलाई हाइड्रेड गर्नुका साथै फ्रेस पनि राख्दछ ।
- बेसन, दूध, दही, टमाटर र बेसार जस्ता पदार्थ पर्याप्त मात्रामा मिसाएर तयार पारीएको फेस प्याक लगाउनाले साइड इफेक्ट गर्दैन र यसले अनुहारलाई नरम र चम्किलो पनि बनाउँछ ।
- जैतुनको तेल र मह १/१ चम्चा मिलाएर सामान्य तरिकाले आफ्नो अनुहारमा लगाउनुहोस् । त्यसको १५ मिनेट पछी तातो पानीमा रुमाल भिजाएर पुछ्नुहोस् । यो प्रक्रिया सुख्खा छाला वा अनुहारको लागि एकदम उपयुक्त हुन्छ ।
- घाममा अनिवार्य सन्सस्क्रिन लगाउन नविर्सनु होला । बाहिर निस्कनु अगाडी वा घरमै बस्दा पनि यसको प्रयोग अनि आवश्यक र महत्वपूर्ण हुन्छ ।
मुना श्रेष्ठ, स्वयम्भू, काठमाडौं
ब्युटिसियन