Saturday, December 9, 2023
थप

    रचना रिमाल र राजन बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” बडा दशैँ २०८० फुलपातीको छेको पारेर सार्वजनिक भएको छ ।

    डा. खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, संगीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल मिडिया प्रा. लि. ले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ ।

    नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । युवा वयका दुई मायालु जोडीबीच पिरतीले भरिएको यस म्युजिक भिडियोमा नव उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ ।

    म्युजिक भिडियो

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै