Friday, April 12, 2024
थप

    पछिल्लो २४ घन्टामा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

    असार ५, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।
    यसैगरी, ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ ।
    यस्तै, २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ ।
    मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ ।
    हालसम्म ३२ लाख ६२ हजार ५८९ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
    सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ । क्वारेन्टाइनमा भने ४ सय ४१ जना रहेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै