Home समाचार मुख्य समाचार उपत्यकामा निषेधाज्ञा केही सहजः निजी सवारीमा जोरबिजोर, पसल हप्तामा तीन दिन खोल्न पाइने (कुन बार कुन पसल खोल्ने ?)

उपत्यकामा निषेधाज्ञा केही सहजः निजी सवारीमा जोरबिजोर, पसल हप्तामा तीन दिन खोल्न पाइने (कुन बार कुन पसल खोल्ने ?)

0
उपत्यकामा निषेधाज्ञा केही सहजः निजी सवारीमा जोरबिजोर, पसल हप्तामा तीन दिन खोल्न पाइने (कुन बार कुन पसल खोल्ने ?)

असार ६, काठमाडौँ । काठमाडौँ उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन गर्ने निर्णय भएको छ । यसैगरी बारअनुसार हप्तामा तीन दिन पसल खोल्न दिने निर्णय गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । आइतबारको बैठकले उद्योग र दैनिक जनजिवीकासँग जोडिएका क्षेत्रमा लगाएको निषाधाज्ञालाई सहज बनाएको छ ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्‍चालन गर्न दिइने छ ।

त्यस्तै सबै खालका निजी सवारी साधन जोरबिजोरबाट सञ्‍चालन हुन पाइने छ । प्रजिअ पराजुलीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध सञ्‍चालन गर्न दिइने बताए पनि आदेशमा जोरबिजोरअन्तर्गत नै राखिएको छ ।

शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ । प्रजिअ पराजुलीले कोरोना महामारीको जोखिम र आमजनसमुदायको जीविकोपार्जनलाई समेत ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाइएको बताए ।

कुन बार कुन पसल खोल्ने

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल खोल्न पाइन्छ ।

त्यसैगरी, सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खोल्न पाइने छ।

बारको तालिका अनुसार खुल्ने पसल ११ देखि ४ बजेसम्म खोल्न पाइने छ भने खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म मात्र खोल्न पाइने छ ।

कोरोनाको अवस्था हेरेर केही कम भएमा पुनः सूचना प्रकाशित गरी जनहितलाई ध्यानमा राखेर निर्णय सच्याइने प्रजिअ पराजुलीले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here