Sunday, October 13, 2024
थप

    पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चले दियो अन्तरिम आदेश (आदेशपत्रसहित)

    असार ६, काठमाडौँ । सर्वोच्च अदालतले अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता दिएर कोरोना भाइरस (कोभिड) १९० विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आइतबार सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
    अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले समाचार संकलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएकाले पत्रकारलाई कोरोना संक्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
    ‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनू’ सर्वोच्च अदालतले जारी गरेको आदेशमा लेखिएको छ ।

    सर्वोच्च अदालतले जारी गरेको आदेशपत्र हेर्नुहाेस्ः

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै