Home समाचार मुख्य समाचार काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप सहज बनाउने तयारी

काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप सहज बनाउने तयारी

0
काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप सहज बनाउने तयारी

असार ६ काठमडौँ । काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज निषेधाज्ञाबारे छलफल गरी सहज बनाइउने उद्देश्यका साथ बैठक बस्ने तयारी गरिरहेका छन्।
ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार आज अपरान्ह ३/४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्ने निधो गरिएको छ।
उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए।
‘निरौलाले भने, ‘आज बैठक बस्दैछौँ । निषेधाज्ञा थप खुकुलो बनाउँदै लैजाने भन्ने विचार सबैको रहेको छ।’
अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री बिक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।
कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ।
यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो।
जोर–बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भने बैठक बसेपछि नै हुने निरौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here