Saturday, October 5, 2024
थप

    माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी, पदाधिकारी छनोटमा जनार्दशन शर्माको असहमति

    सञ्चार हाउस, काठमाडौँ । शनिबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारीको टुंगो लगाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । उक्त २१ सदस्यीय पदाधिकारी समूहमा एक जना मात्र महिलालाई सहभागी गराइएको छ ।

    महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् ।
    यसैगरी, उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् ।

    सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ भने कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।

    विशेष महाधिवेशनसम्मका लागि मात्रै पदाधिकारीलाई पूर्णता दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले बताए । तर विशेष महाधिवेशन कहिले गर्ने भन्नेबारे यकिन नभएको उनको भनाइ छ । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए ।

    महासचिवका दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । माओवादीका एक नेताका अनुसार नेता शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएका छन् ।
    तर शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै