सञ्चार हाउस, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ३ सय ३७ परीक्षणमा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६ सय ७० पीसीआर परीक्षणमा १ सय ८० र २ हजार ६ सय ६७ एन्टीजेन परीक्षणमा १ सय १९ जनामा संक्रमण देखिएको हो ।