Monday, September 9, 2024
थप

    प्राधिकरणले खरिद गर्यो २० वटा विद्युतीय गाडी, मर्मत र इन्धनबाट कमिसन नपाइने चालकलाई चिन्ता !

    सञ्चार हाउस, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २० वटा विद्युतीय गाडी खरिद गरेको छ । विद्युतीय गाडी खरिद गरेसँगै गाडी चालकले आफूलाई विद्युतीय गाडी पर्ने हो कि भन्ने चिन्ता बढिरहेको छ । गाडी चालकहरुले विद्युतीय गाडी आफूलाई नपारिदिन उच्च पदस्थ कर्मचारीसँग लविङ गर्न थालेका छन् ।

    नेपाल विद्युत् प्राधिकरणले एकैसाथ २० वटा विद्युतीय सवारी किनेको छ । प्राधिकरणले ‘टाटा नेक्सन ईभी’ गाडी किनेको हो ।

    विद्युतीय सवारीमा तेलको सुविधा पनि नपाइने र मर्मत समभार शुल्क ज्यादै न्यून हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूले नचलाउने गरी व्यवस्था गरिदिन प्राधिकरणको उपल्लो तहका अधिकारीलाई आग्रह गरिरहेका छन् ।

    नाम नबताउने सर्तमा एक अधिकारीले भने, ‘‘जिम्मेवारी पाउन लागेका अधिकांश चालकहरुले आफूलाई विद्युतीय गाडी नदिन पहल थाल्नुभएको छ ।’ उनले थपे, ‘कर्मचारी संघ संगठनका नेताहरुले पनि उहाँहरुको गुनासो लिएर आफ्नो सक्रियता बढाइरहनु भएको छ ।’

    अधिकारीले भने, ‘तेल, मोबिल, टायर र मर्मत सम्भारमा बढी खर्च देखाएर गरिने अतिरिक्त आम्दानी घट्ने भएपछि धेरै चालक त्रस्त छन् ।’

    आफूले चलाउँदै आएका पेट्रोल गाडी काठमाडौंबाट हटाएर अन्य स्थानमा प्राधिकरणका वितरण केन्द्र र आयोजनाहरुका साइटमा पठाउन लागेपछि आफूलाई विद्युतीय सवारी नपारी पेट्रोलियम गाडी पारिदिन चालकहरुले उच्च पदस्थ अधिकारीहरुलाई भेटिरहेका छन् ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै