पुस २७, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप २ हजार ४ सय ४४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो । १० हजार ६ सय ४८ काे पीसीआर र ४ हजार ३ सय ८५ काे एन्टीजेन विधिबाट परीक्षण गरिएको थियाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२२ रहेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियुमा ९३ जना रहेका छन् । होम आइसोलेसनमा आठ हजार ८६७, संस्थागत आइसोलेसनमा ६ सय ५५ र क्वारेन्टिनमा १ सय १३ रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मुस्ताङ र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार ५२१, ललितपुर एक हजार ९० र भक्तपुरमा ६९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको छ ।
कतिले लगाए त खाेप ?
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ४५७ रहेको छ ।
गत २४ घण्टामा ३ सय १३ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ८ लाख १४ हजार ७ सय ९८ पुगेको छ ।