Sunday, October 13, 2024
थप

    भोलिबाट लागु हुने निशेधाज्ञामा केमा राेक लगाइयाे त ? (विज्ञप्तिसहित)

    पुस-२७, काठमाडौँ । भोलि (२८) गतेदेखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ निशेधााज्ञा लागु गरेको छ ।

    २८ गतेबाट लागु हुने गरी कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसिसी) ले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निशेधाज्ञा लगाएको छ ।

    त्यसैगरी, राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ । माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताए ।

    यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रजिअ उपाध्यायले बताए ।

    यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ ।

    यस्तो छ प्रशासनको आदेशः

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै