पुस, २०, काठमाडौँ । विवादित नारायणहिटी दरबारलाई रेस्टुरेन्ट खोल्नको लागि भाडाामा दिने निर्णयमा आफ्नो संलग्न नरहेको एमाले नेता योगेश भट्टराई बताएक हुन् ।
भट्टराई सामाजिक सञ्जाल फेसबुकमा नारायणहिटी दरबार संग्राहलयलाई रेस्टुरेन्टका लागि भाडामा दिने सम्झौतामा आफ्नो सहभागिता नभएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु ।”
भट्टराई भाडामा दिने विषयमा सञ्चारमाध्यममा आफ्ना नाम जोडिएकोमा ध्यानाकर्षण भएको बताएका छन् । उनले भनेका छन्, ‘नारायणहिटी संग्राहालयलाई रेस्टुरेन्टका लागि भाडामा दिने विषयका कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु ।’
भट्टराईले नारायणहिटी संग्राहालयको मुद्दामा आफ्नो नाम जोडेर सार्वजनिक छवि धमिल्याउन खोजेको भन्दै त्यस्ता आधारहिन समाचार नलेखिदिन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’
भट्टराईले नारायणहिटी दरबारलाई रेन्टुरेन्टका लागि भाडामा दिएको प्रमाण र हस्ताक्षरसहितको निर्णयको प्रमाणपत्र सार्वजनिक गर्न चुनौति दिएका छन् । उनले भनेका छन्, ‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु ।’
भट्टराईकाे फेसबुक स्टाटस जस्ताको तस्तैः
नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वतस् स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।