Friday, December 8, 2023
थप

    नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको बैठकले गर्यो महत्वपूर्ण निर्णय

    असोज, ३, काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको बैठकले अधिवेशन आगामी २०७८ पौष १६ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी सबै विश्वविद्यालय र प्रतिष्ठानहरुको केन्द्रीय समितिको सम्मेलन पौष १० गतेभित्र अनिवार्य सम्पन्न गर्ने निर्णय समेत गरेको महासचिव लोकेन्द्र आर. सी. ले बताएका छन् ।

    त्यसैगरी बैठकले एक कार्यालय एक इकाई गठन, २०७८ मंसीर मसान्तसम्ममा मुखपत्र प्रकाशन, संघीय संरचनाअनुसारको विधान मस्यौदा गर्ने, दशैँतिहार शुभकामना आदानप्रदानका साथमा वैचारिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने र राष्ट्रिय समितिमा मध्यपश्चिम विश्वविद्यालयबाट अजित बौंडेल र खुल्ला विश्वविद्यालयबाट देबेन्द्र कटुवाललाई थप गर्ने निर्णयसमेत गरिएको महासचिव आर. सी. ले बताएका छन् ।

    बैठकमा कर्मचारी संगठनलाई जागिरेहरुको संस्था मात्रै नबनाएर बैचारिक र पेशागत हकहितको संगठनको रूपमा अगाडि बनाउनुपर्ने महासंघका सहसंयोजक मणिरत्न श्रेष्ठले बताए।

    भर्चुअल बैठक कर्मचारी महासंघका सह–संयोजक मणिरत्न श्रेष्ठ र समितिका अध्यक्ष दीपक तिवारीको अध्यक्षतामा असोज २ गते शनिबर सम्पन्न भएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै