नेपा गा: / काठमाण्डू उपत्यकाको दक्षिणकोणमा अवस्थित नेवा बस्ती फंपि / फर्पिंङमा २०७८ सालको हरिशंकर जात्राको तालिका सार्वजनिक गरिएको छ । आफ़्नो कला-संस्कृतिलाई निक्कै माया गर्ने फर्पिङबासीहरुलाई फंम्पी जात्रा पर्व संचालन तथा संरक्षण समितिले कोभिड – १९ को संक्रमणलाई मध्यनजर गर्दै जात्रा अवधिभर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर जात्रा सञ्चालन गर्ने निर्णय गरेको छ ।
फर्पिंगको हरिशंकर जात्रामा गोपालेश्वर महादेव, शिखर नारायण, अजिमाद्य, दक्षिणकाली, नील बाराही, ईन्द्रायणी र महालक्ष्मीको खट बोकिन्छ । यो जात्रा भाद्र महिनाको शुक्ल पक्ष द्वादशी को दिन देखि आश्विन कृष्ण पक्ष एकादशी को दिनमा मूल जात्रा गरेर प्रत्येक बर्षमा यो हरिशंकर जात्रा सम्पन्न गरिन्छ ।