Monday, September 9, 2024
थप

    रजनी खत्रीको ‘पीडामा सुख’ कविता संग्रह सार्वजनिक

    भाद्र ११, काठमाडौँ । रजनी खत्रीको ‘पीडाको सुख’ नामक कविता सङ्ग्रह बिहीबार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । उक्त पुस्तक विमाेचनकाे कार्यक्रम सुसेली साहित्यिक प्रतिष्ठान, फर्पिङले आयोजना गरेकाे थियाे ।

    यस कविता सङ्ग्रहको विमोचन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतबाट भएको थियो । विमोचनका क्रममा बस्नेतले दक्षिणकाली नगरपालिकामा छिट्टै साहित्य, धर्म, संस्कृति, कलाको विकास गर्न नगरको मातहतमा प्रज्ञा प्रतिष्ठान बनाउने कुरा व्यक्त गरेका छन् ।

    विमोचित कवितासङ्ग्रहको समीक्षा कवि तथा समीक्षक रामकाजी बस्नेतले गरेका थिए । उनले बोल्ने क्रममा सङ्ग्रहभित्रका कविताले व्यक्ति, समाज र राष्ट्रको पीडा बोकेको कुरा औँल्याएका थिए । कार्यक्रममा उपस्थित कवि कृष्णकुमार श्रेष्ठ, रमेश बलामी, लीला बस्नेत र रामकुमार बस्नेतले विमोचित कृतिका कविता वाचन गरेका थिए । उक्त कार्यक्रममा सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेत, गजलकार अञ्चल बान्तवा, गजेन्द्र बस्नेत, बद्री कार्की, चन्द्रकला बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रतिष्ठानका संरक्षक शेखरकुमार श्रेष्ठले नगर प्रमुखसमक्ष नगरमा प्रज्ञा प्रतिष्ठानको आवश्यक रहेको कुरा गरेका जानकारी गराएका थिए । कोरोना सङ्क्रमणको उच्च जोखिम भएका कारण उक्त कार्यक्रममा स्थानीय साहित्यकार सुशान्त केसी, रामराजा केसीलगायत चालिस जना स्थानीय साहित्यप्रेमीको उपस्थिति थियो । उक्त कार्यक्रमको प्रारम्भ सरिता बलामीको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालन अप्सरा भुर्तेलले गरेका थिए ।

    सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षतामा विमोचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भौतिक दूरी र सुरक्षालाई उच्च सतर्कताका रूपमा लिएर सञ्चालन गरिएको थियो ।

    उक्त पुस्तकका प्रकाशक  रामकुमार बस्नेत हुन् । यस पुस्तककाे बजार मूल्य रु. १५० रहेकाे छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै