Home कला-साहित्य सङ्ग्रह विमोचन गरी लघुकथा स्थापना दिवस मनाइयो

सङ्ग्रह विमोचन गरी लघुकथा स्थापना दिवस मनाइयो

0
सङ्ग्रह विमोचन गरी लघुकथा स्थापना दिवस मनाइयो

तेह्रौँ नेपाली लघुकथा स्थापना दिवस भाद्र ५ गते मनाइएको छ । दिवसको दिन हाम्रो लघुकथा पाठशाला मुहार पुस्तिकाले लघुकथा पाठशाला भाग २ र स्वर्गीय हेमलता उप्रेतीको कमलको फूल दुई लघुकथासङ्ग्रह विमोचन गरेको छ । उक्त लघुकथासङ्ग्रहहरुको लोकार्पण प्रमुख अतिथि लघुकथाकार रवीन्द्र समीरले गरेका थिए । विमोचित पाठशालाका लघुकथा २ को समीक्षा हरिप्रसाद भण्डारीले गरेका थिए भने कमलको फूलको समीक्षा शेखरकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा रवीन्द्र समीरले अबका दिनहरुमा विषय वा शैलीका माध्यमबाट लघुकथाकारहरुले पहिचान बनाउनुपर्ने कुरा बताएका थिए । त्यस कार्यक्रममा पाठशालाका भाग २ का चार कथा एडमिन दुर्गा वनवासी, सीता विष्ट कार्की, मन्दिर मधुश्री र खेमलाल पहारीले वाचन गरेका थिए भने कमलको फूलसङ्ग्रहबाट एक कथा गङ्गा दाहाल न्यौपानेले वाचन गरेकी थिइन् । वाचित कथाको समीक्षा अवतार ढकालले गरेका थिए ।

उक्त कार्यक्रममा पाठशालका व्यवस्थापक लता केसी, राजु क्षत्री अपुरो लगायत अनु विज्ञाति, सत्या अधिकारी, निर्मला बराल, रमेश सुवेदी, छविलाल खडका, प्रभादेवी पौडेल, इन्दिरा देवकोटा, करुणा ढकाल, वन्दना घिमिरे, मिसु श्रेष्ठ थपलिया, जयदेश श्रेष्ठ, अनुग्रह राना मगर, बि बि याक्ख्या, ऋषि तिवारी, सीता रेग्मी, इन्दिरा चापागाईँ, म्यामराज राई, ललिता दोषी, गीता चापागाई, सीता शर्मा, इन्दिरा गौतम, नारायण पौडेल, खगेन्द्र बस्याल, विष्णुप्रसाद उप्रेती, नवराज शर्मा, विरेन मालाकारलगायत ३४ स्रष्टाको उपस्थिति थियो । उक्त कार्यक्रम जुमका माध्यमबाट सञ्चालन गरिएको थियो । त्यस कार्यक्रम हाम्रो लघुकथा पाठशालाका एडमिन शुभ शर्माको सभाध्यक्षतामा व्यवस्थापक बिमुन्स पौडेलले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here