Monday, April 21, 2025
थप

    पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनामा काेराेना संक्रमण, २७ जानको मृत्यु

    भदौ १२, काठमाडाैँ । पछिल्लाे २४ घन्टामा एक हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।  विगत २४ घण्टामा १३ हजार १ सय ७६ जनाको परीक्षण गर्दा एक हजार ८ सय ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ ।

    यस्तै ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज संक्रमणबाट दुई हजार २ सय २२ जना निको भई घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४ सय ५२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

    यस्तै संक्रमणबाट २७ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६ सय ९० जना निधन भइसकेका छन् ।

    सघन उपचार कक्ष (आइसियु)मा ६ सय १५ जना, भेन्टिलेटरमा १ सय ७४ जना, होम आइसोलेसनमा ३३ हजार ८ सय ३५ जना, संस्थागत आइसोलेसनमा तीन हजार ३१ जना र क्यारेन्टाइनमा ३ सय ४६ जना रहेका छन् ।

    – न्युज कारखाना

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै