भदाै ४, खाेटाङ । महालेखा परीक्षकको कार्यालय काठमाडौंले खोटाङका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुसार जिल्लाका १० स्थानीय तह बेरुजुले थलिएको पाइएको हो । महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ऐसेलुखर्क गाउँपालिकाको बेरुजु ३ करोड ५७ लाख ४२ हजार, केपिलासगढी गाउँपालिकाको बेरुजु ६ करोड ३५ लाख ६४ हजार, खोटेहाङ गाउँपालिकाको बेरुजु ३ करोड २ लाख ३ हजार, जन्तेढुंगा गाउँपालिकाको बेरुजु ७ करोड ८८ लाख ५८ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बेरुजु ३ करोड ४५ लाख ६५ हजार उल्लेख छ ।
यस्तै, बराहपोखरी गाउँपालिकाको बेरुजु ४ करोड १० लाख ९ हजार, रावाबेँसी गाउँपालिकाको बेरुजु १ करोड ७८ लाख ५४ हजार, साकेला गाउँपालिकाको बेरुजु ४ करोड १३ लाख ३८ हजार, हलेसी तुवाचुङ नगरपालिकाको बेरुजु ४ करोड २९ लाख ९२ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बेरुजु २ करोड ९३ लाख ५३ हजार उल्लेख छ ।
आर्थिक वर्ष २०७६/०७७ मा ७३ करोड ५७ लाख ३४ हजार लेखा परीक्षण रकम रहेको ऐसेलुखर्क गाउँपालिकामा ४.८६ प्रतिशत, ७४ करोड ८९ लाख ७४ हजार लेखा परीक्षण रकम भएको केपिलासगढी गाउँपालिकामा ८.४९ प्रतिशत, ९० करोड ५४ लाख ४९ हजार लेखा परीक्षण रकम रहेको खोटेहाङ गाउँपालिकामा ३.३४ प्रतिशत, ७५ करोड ४३ लाख २१ हजार लेखा परीक्षण रकम रहेको जन्तेढुंगा गाउँपालिकामा १०.४५ प्रतिशत, १ अर्ब ८८ करोड ४५ लाख ६० हजार लेखा परीक्षण रकम रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १.८३ प्रतिशत बेरुजु देखिएको छ ।
यस्तै, ५५ करोड ७२ लाख ८१ हजार लेखा परीक्षण रकम रहेको बराहपोखरी गाउँपालिकामा ७.३६ प्रतिशत, ६३ करोड ५२ लाख ६१ हजार लेखा परीक्षण रकम रहेको रावाबेँसी गाउँपालिकामा २.८१ प्रतिशत, ५९ करोड ९ लाख ७० हजार लेखा परीक्षण रकम रहेको साकेला गाउँपालिकामा ६.९९ प्रतिशत, २ अर्ब ३० करोड ४१ लाख ८३ हजार लेखा परीक्षण रकम रहेको हलेसी तुवाचुङ नगरपालिकामा १.८७ प्रतिशत र ८७ करोड ३९ लाख २७ हजार लेखा परीक्षण रकम रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३.३६ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
– न्युज कारखाना