Home समाचार मुख्य समाचार माओवादी केन्द्र निकट प्राध्यापक संगठन संस्कृत विश्वविद्यालयको कार्यवाहक अध्यक्षमा डा. प्रेमराज न्यौपाने नियुक्त

माओवादी केन्द्र निकट प्राध्यापक संगठन संस्कृत विश्वविद्यालयको कार्यवाहक अध्यक्षमा डा. प्रेमराज न्यौपाने नियुक्त

0
माओवादी केन्द्र निकट प्राध्यापक संगठन संस्कृत विश्वविद्यालयको कार्यवाहक अध्यक्षमा डा. प्रेमराज न्यौपाने नियुक्त

भाद्र ४, काठमाडौँ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय समितिको कार्यवाहक अध्यक्षमा डा. प्रेमराज न्यौपानेले जिम्मेवारी पाएका छन् ।

वर्तमान अध्यक्ष डा. जर्मन चौधरी नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको निर्देशक भएपछि उक्त जिम्मेवारी न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

संगठनात्मक गतिविधिलाई निरन्तरता दिन डा. प्रेमराज न्यौपाने सक्षम हुनु हुनेछ भन्ने विश्वास लिएको समेत अध्यक्ष चौधरीले बताए।

कोरोना कालको असहज परिस्थितिमा जिम्मेवारी प्राप्त भएकाले पेशागत हकहितका लागि विश्वविद्यालयका प्राध्याप, कर्मचारी, पदाधिकारी , विद्यार्थीहरु र मित्र संगठनहरूसँग समन्वय गर्दै प्राज्ञिक उन्नयन र सक्दो सांगठानिक दायित्व पुरा गर्ने कार्यवाहक अध्यक्ष न्यौपानेले बताए ।

साथै शैक्षिक उन्नयनमा समतामूलक सहभागितालाई सुनिश्चितता गराउनु नै आफ्नो प्राथमिकता रहेको कुरामा न्यौपानेको जोड रहेको छ ।

विश्वविद्यालयका सबै इकाईहरूमा सम्मेलन गराउने र विश्वविद्यालय केन्द्रीय समितिको समेत सम्मेलन गर्ने काममा यस समितिले तत्काल काम कार्य सम्पादन बढाउने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here