Home समाचार मुख्य समाचार +२ का विद्यार्थी ४० वर्षमाथिका नागरिकलाई शुक्रबारदेखि काठमाडौँका यी स्थानबाट कोरोना खोप दिइँदैछ

+२ का विद्यार्थी ४० वर्षमाथिका नागरिकलाई शुक्रबारदेखि काठमाडौँका यी स्थानबाट कोरोना खोप दिइँदैछ

0
+२ का विद्यार्थी ४० वर्षमाथिका नागरिकलाई शुक्रबारदेखि काठमाडौँका यी स्थानबाट कोरोना खोप दिइँदैछ

भदौ ३, काठमाडौं । १८ वर्षमाथिका +२ पढ्ने विद्यार्थीहरु र ४० वर्षमाथिका नागरिकलाई भोलि (शुक्रबार) देखि काठमाडौँमा कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।

शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उनले बताए । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।

यी हुन् खोप केन्द्रहरुः

  • सशस्त्र प्रहरी अस्पताल, बलम्बु
  • वीरेन्द्र सैनिक अस्पताल, छाउनी
  • राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
  • नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
  • वीर अस्पताल, रत्नपार्क
  • निजामति कर्मचारी अस्पताल, वानेश्वर
  • परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
  • शिक्षण अस्पताल, महाराजगञ्ज
  • काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
  • अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

हेर्नुहोस् सूचनाः

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here