Tuesday, February 11, 2025
थप

    पार्टी एकतामा लागिरहने दोस्रो तहका नेताले नेपालको साथ छाडे

    भदौ २, काठमाडौं । नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूहका समर्थक भनेर चिनिँदै आएका दोस्रो तहका नेताहरुले नेपालको साथ छोडेका छन् ।

    एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् । तर लामो समयदेखि पार्टी एकताको धारमा उभिँदै आएका दोस्रो तहका नेताहरु माधव नेपाललाई साथ नदिने भएका छन् । उनीहरु एमाले समाजवादीमा नजाने निर्णय गरेका छन् ।

    नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल उक्त छलफलमा सहभागी भएनन् । नेपाल अहिले अध्यादेशलाई आधार मानेर केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन् ।

    नेपाल पक्षका नेता नै उनलाई साथ नदिने भएका छन् । स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । त्यसैगरी, उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

    केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । माधव नेपालको पक्षमा नजाने निर्णय गरेका नेताहरु तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा जाने सम्भावना पनि छैन ।

    उपाध्यक्ष युवराज ज्ञवालीले अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । उनले भने, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।’

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै