साउन ३१, काठमाडौँ । माओावादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समिति गठन भएको छ । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, विश्वविद्यालय राष्ट्रिय समितिको साउन २४ गतेको भर्चुअल बैठकद्वारा संगठनको रिक्त रहेको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आर.सी. तथा उपमहासचिव पदमा प्रकाश सापकोटा र सचिव पदमा तुलसी दिवस महतरालाई नयाँ जिम्मेवारी प्रदान गरिएको छ ।
विश्वविद्यालय भित्रका कर्मचारीहरुको पेशागत समस्या समाधान, सांगठानिक गतिशिलता, सामूहिकता र संगठन विस्तारमा जोड दिँदै सबै विश्वविद्यालयका कर्मचारीहरुको भरलाग्दो पेशागत संगठनका रुपमा स्थापित गराउन आफू लागी पर्ने कुराको महासचिव लोकेन्द्र आर.सी. ले प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी बैठकद्वारा सबै विश्वविद्यालयमा अन्योल अवस्थामा देखिएको उपदान कोषको बारेमा बृहत् अन्तरकृयाका साथमा विज्ञ समिती निर्माण गरी विश्वविद्यालयहरु र शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउने, नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीहरुले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
त्यसैगरी उक्त बैठकले निश्चित सेवा अवधी पुगेका तर बढुवाको लागि विज्ञापन नभएर वृत्ति–वृत्ति विकासमा अवरोध भएका कर्मचारीहरुका लागि तत्काल् तहगत बढुवाको आवेदन खुलाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने र लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीहरुको स्थायी प्रक्रिया अघि बढाउन सम्बन्धि पक्षसामु माग राखिने निर्णय भएको उपमहासचिव प्रकाश सापकोटाले बताएका छन् ।