Monday, September 9, 2024
थप

    नेपालीको उद्धारमा सरकारको ढिलासुस्ती किन ? १० गते मात्रै निगमको चार्टर विमान काबुल जाने

    साउन ३०, काठमाडौँ । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने कुरामा उदासिनता देखाएको छ । आजको भोलि हुने द्वन्द्वलाई अनुमान गर्न नसक्ने सरकारले तालिवान विद्रोहीलाई कमजोर ठानेको छ । विद्रोही लडाकु तालिबान अफगास्तानको राजधानी काबुल पसिरहेको सामाचारले विश्वको ध्यान खिचिरहेका बेला नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान मात्रै त्यसतर्फ जाने निधो भएको हो ।

    निगमका निर्देशकका अनुसार अफगानिस्तानका विभिन्न कम्पनीमा काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० नेपालीलाई काठमाडौँ फर्काइने भएको छ । यसैगरी उक्त जहाजमा लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका ७० जना जतिलाई काठमाडौंबाट काबुल पुर्‍याइने भएको हो । निगमले चार्टर उडानबारे आन्तरिक तयारी लगभग सकिसकेको जनाएको छ ।

    यो चार्टर उडानमा निगमले आफूसँग भएको न्यरोबडी एयरबस ३२० पठाउँदै छ । काठमाडौं–काबुल उडान एकतर्फी तीन घन्टा हाराहारीको हुन्छ । नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले यी दुई मुलुकसँग ओभरफ्लाई अनुमति लिनुपर्छ । निर्देशकले भने, ‘अब काम बाँकी ओभरफ्लाईको मात्रै छ । चार्टर हुनुभन्दा १–२ दिन अघि लिदा भइहाल्छ ।’

    द्वन्द्वसँग जोडिएको मुलुकमा हुन लागेको चार्टर उडानमा निगमले सामान्य अवस्थामा गरेको बिमाले मात्रै नहुने भएकाले जहाज र त्यसमा ओहोरदोहोर गर्ने यात्रुको अतिरिक्त बिमा पनि गर्नुपर्छ । निगमको जहाज अफगानस्थान जान लागेको यो दोस्रो पटक हो । ५ वर्षअघि काबुलमा भएको आत्मघाती बम बिस्फोटमा १२ नेपाली सुरक्षा गार्डको निधन भएको थियो । उक्त घटनामा मारिएका १२ नेपालीको शव लिन निगमको न्यारोबडी ०७३ असारमा अफगानस्थान गएको थियो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै