Monday, September 9, 2024
थप

    देवकोटाको घर भत्काएको विषयमा प्रज्ञा प्रतिष्ठानसँग सर्वोच्चले माग्यो लिखित जवाफ

    साउन २७, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक घर भत्काएको विषयमा सर्वोच्च अदालतले नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ मागेको छ ।

    पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

    रिट निवेदकले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले अन्तरिम आदेश दिएन । रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको छ ।

    प्रज्ञा प्रतिष्ठानले मैतिदेवी स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानले किनेको थियो । उक्त घर सङ्ग्राहालय निर्माण गर्ने भन्दै भत्काउन सुरु गरेको थियो । तर देवकोटाको घर नभत्काई रेट्रोफिटिङ गर्नुपर्ने साहित्यकार र संरक्षणविद्हरुले बताउँदै आएका छन् ।

    याे पनि पढ्नुहाेस्ः

    किन भत्कायो राज्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ? के भन्छिन् देवकोटाकी छोरी ?

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै